बीरगंजमा पहिलो पटक आयोजित “रेडबुल ओपन आर्म रेसलिंग प्रतियोगिता” सम्पन्न

बीरगंजमा पहिलो पटक आयोजित “रेडबुल ओपन आर्म रेसलिंग प्रतियोगिता” सम्पन्न

मेट्रो संवाददाता

२० असोज २०८१ १०:५५

बीरगंज : पहिलो पटक राष्ट्रिय “रेडबुल ओपन आर्म रेसलिंग प्रतियोगिता” सम्पन्न भएको छ। नेपाल आर्म रेसलिंग संघद्वारा शनिबार आयोजित यस प्रतियोगिता शुक्रबार बीरगंज पब्लिक कलेजमा, बीरगंज नगरपालिकाका मेयर राजेशमान सिंहको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो। प्रतियोगिता युवा खेलाडीहरूलाई आर्म रेसलिंग खेलमा प्रोत्साहित गर्ने र राष्ट्रियस्तरमा यस खेलको पहिचान बढाउने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा देशभरबाट विभिन्न तौलसमूहका खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा सहभागी खेलाडीहरूलाई पाँच तौल समूहमा विभाजन गरिएको थियो।

विजेताहरूलाई पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रत्येक समूहबाट पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरियो।

Right hand overall विजेताहरू:

  • प्रथम: रोमन महर्जन
  • दोस्रो: राहुल शर्मा
  • तेस्रो: राहुल यादव

Left hand overall विजेताहरू:

  • प्रथम: रोमन महर्जन
  • दोस्रो: प्रथम उदास
  • तेस्रो: सञ्जीव परियार

यस प्रतियोगिताले आर्म रेसलिंग खेलप्रति युवाहरूको उत्साह बढाउँदै नेपालको खेलकुद क्षेत्रमा नयाँ आयाम थपेको छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता