काठमाडौं : वरिष्ठ कलाकार केके कर्मचार्यको जीवनमा आधारित पुस्तक ‘हिलोमा फुलेको फूल’ सार्वजनिक भएको छ। लेखक विजयराज आचार्यद्वारा लिखित यो जीवनी नेपाल बालसाहित्य समाजले आयोजना गरेको कार्यक्रममा विमोचित भएको हो। कार्यक्रममा वरिष्ठ कलाकार हरिप्रसाद शर्मा, पूर्वमन्त्रीहरु शङ्करप्रसाद कोइराला, प्रदीपकुमार ज्ञवाली र रघुजी पन्तले पुस्तकको लोकार्पण गरेका हुन्।
केके कर्मचार्यले चित्रकला र मूर्तिकला क्षेत्रमा ६ दशक लामो योगदान दिएका छन्। कार्यक्रममा पूर्वकूलपति कर्मचार्यको कला यात्रा र योगदानको प्रशंसा गर्दै, कलाकार शर्माले राज्यले कलाक्षेत्रमा अपेक्षित योगदान नगरेकोमा असन्तोष व्यक्त गरे। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कलाकारका जीवनीमाथि प्रकाशनले उनीहरूको योगदानलाई समाजसँग जोड्ने कार्य गरेको बताए।
पूर्वमन्त्री ज्ञवालीले कर्मचार्यले कला मार्फत समाजमा जागरण ल्याउँदै राष्ट्रिय एकता बढाउन भूमिका खेलेको भन्दै उनको योगदानको सम्मान गर्नुपर्ने बताए। कार्यक्रमका अन्य वक्ताहरूले पनि कर्मचारीको साधनाको महत्त्व, चित्रकला र मूर्तिकलाले समाजको सांस्कृतिक पक्ष उजागर गर्न सघाएको उल्लेख गरे।
बाल्यकालदेखि नै कला र साहित्यमा रुचि राख्ने कर्मचार्यले हालसम्म ६०० भन्दा बढी हुलाक टिकट डिजाइन गरेका छन्, साथै उनले दर्जनौँ बालपुस्तक र हजारौँ कृतिका आवरण र चित्रण गरेका छन्।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


