काठमाडौँ : राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)को अध्यक्षमा प्रदीपराज वन्त पुनः निर्विरोध चयन भएका छन्। समूहको २७ औँ साधारणसभा र १३ औँ अधिवेशनले राससका फोटो पत्रकार वन्तको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
वरिष्ठ उपाध्यक्षमा लेखबहादुर श्रेष्ठ, महिला उपाध्यक्षमा चन्द्रकला क्षेत्री, प्रथम उपाध्यक्षमा सुनील शर्मा, उपाध्यक्षमा नारायण सिलवाल, महासचिवमा घनश्याम श्रेष्ठ, सचिवमा प्रविन कुलुङ राई र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ चयन भएका छन्। केन्द्रीय सदस्यमा सुशीलकुमार श्रेष्ठ, मुकुन्द कालीकोटे, रमिता छुँजु, हरिश सिंह नगाल, दिपेन्द्र महर्जन, अनुप प्रधान र सागर बस्नेत चयन भए।
वि.सं. २०५३ मा स्थापना भएको यो समूहले फोटो पत्रकारको पेसागत हकहित, सुरक्षा र क्षमता विकासमा सक्रिय भूमिका खेल्दै आएको छ। अध्यक्ष वन्तका अनुसार, समूहले फोटो पत्रकारिताको विकासका लागि विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ।
कार्यक्रममा ‘हरिगोपाल प्रधान फोटो पत्रकारिता सम्मान’ गणेश बिष्टलाई, ‘साहसिक फोटो पत्रकारिता सम्मान’ सुजन बज्राचार्यलाई, ‘पर्या-पर्यटन फोटोपत्रकारिता सम्मान’ प्रविन श्रेष्ठलाई, ‘मनोरञ्जन फोटोपत्रकारिता सम्मान’ लेखबहादुर श्रेष्ठलाई र ‘खेलकुद फोटो पत्रकारिता सम्मान’ सरोज नेपाललाई प्रदान गरियो।
‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता पुरस्कार २०८१’ सिविन नेपालकी रमिता छुँजुलाई, ‘संस्थागत एनएफपिजे प्रेसिडेण्ट अवार्ड २०८१’ कार्यवहाक महासचिव घनश्याम श्रेष्ठलाई, र ‘उत्कृष्ट जिल्ला शाखा पुरस्कार’ रामेछाप शाखालाई प्रदान गरियो।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...



