राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर-१३ वडा कमिटीको अधिवेशन सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर-१३ वडा कमिटीको अधिवेशन सम्पन्न

मेट्रो संवाददाता

२७ माघ २०८१ १४:०७

काठमाण्डौं : राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका वडा नम्बर १३ को तेस्रो अधिवेशन शुक्रबार सम्पन्न भएको छ। अधिवेशनले ९ सदस्यीय नयाँ कमिटी चयन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि युवा संघ नेपाल केन्द्रीय सचिवालय सदस्य अमित पौडेल रहेका थिए। त्यस्तै, विशेष अतिथिका रूपमा युवा संघ नेपाल काठमाडौं जिल्ला कमिटी सचिवालय सदस्य राम शरण डंगोल, युवा संघ नेपाल बागमती प्रदेश कमिटी सदस्य तथा नेकपा एमाले काठमाडौं महानगर सदस्य सञ्जय नापित, तथा युवा संघ नेपाल काठमाडौं महानगर कमिटी अध्यक्ष दिपेश सुधाकर सहभागी थिए।

अधिवेशनले सागर लामाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ। उपाध्यक्षमा निकेश महर्जन, सचिवमा लक्ष्मी महर्जन, उपसचिवमा रिबेश महर्जन, तथा कोषाध्यक्षमा सन्जु तण्डुकार चयन भएका छन्। त्यसैगरी, सदस्यहरूमा सुरेश महर्जन, दिमन महर्जन, हरिकृष्ण खड्गी, र युनिक महर्जन निर्वाचित भएका छन्।

कार्यक्रममा युवा संघ वडा कमिटीका उपाध्यक्ष ज्ञानु महर्जनले सभापतित्व गरेका थिए भने सञ्चालन नेकपा एमाले वडा नम्बर १३ कमिटीका अध्यक्ष पुष्प नारायण मानन्धरले गरेका थिए।

प्रमुख अतिथि पौडेलले नवगठित कमिटीका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएका थिए। सचिवालय सदस्य डंगोलले नवनिर्वाचित टोलीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।

नयाँ नेतृत्वलाई बधाई तथा कार्यकाल सफलताको शुभेच्छा व्यक्त गरिएको छ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता