पत्रकारमाथि आक्रमणको विरोध, महासङ्घले कारबाहीको माग

पत्रकारमाथि आक्रमणको विरोध, महासङ्घले कारबाहीको माग

मेट्रो संवाददाता

१५ चैत २०८१ ०:५०

काठमाडौं — आन्दोलनका क्रममा सञ्चारमाध्यममाथि तोडफोड, आगजनी र हिंसात्मक गतिविधि भएको घटनाप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर आपत्ति जनाएको छ। महासङ्घले प्रेस स्वतन्त्रतामाथि आक्रमण अस्वीकार्य भएको भन्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन माग गरेको छ।

शुक्रबार जारी विज्ञप्तिमा महासङ्घका महासचिव रामप्रसाद दाहालले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक समाचार सङ्कलनका क्रममा भएको आगलागीमा परेर मृत्यु भएको घटनाले सञ्चार जगत स्तब्ध बनेको उल्लेख गरेका छन्। साथै, अन्नपूर्ण मिडिया ग्रुपको भवनमा तोडफोड र आगजनी, कान्तिपुर टेलिभिजनमा जबरजस्ती प्रवेशको प्रयास, सुरक्षाकर्मीले रोक्दा ढुङ्गामुढा गरिएको र हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि गम्भीर चुनौती प्रस्तुत गरेको महासङ्घले जनाएको छ।

शान्तिपूर्ण प्रदर्शन गर्नु नागरिकको अधिकार हो, तर सञ्चारमाध्यममाथि हमला हुनु निन्दनीय छ। सञ्चारकर्मीलाई त्रसित पार्ने, प्रेसलाई निशाना बनाउने गतिविधि सह्य हुँदैन,” महासङ्घको विज्ञप्तिमा उल्लेख छ। महासङ्घले यस्ता घटनामा संलग्न जो कोहीलाई कानुनी कारबाही गर्न, सञ्चारमाध्यमलाई पु-याइएको क्षतिको क्षतिपूर्ति दिन र पत्रकारहरूको सुरक्षामा गम्भीर हुन सरकारलाई आग्रह गरेको छ

नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाललगायत सञ्चार क्षेत्रसँग सम्बन्धित विभिन्न संस्थाहरूले पनि घटनाको भर्त्सना गरेका छन्। उनीहरूले स्वतन्त्र प्रेसको सम्मान गर्न, सञ्चारकर्मीलाई निर्वाध रूपमा समाचार सङ्कलन गर्न दिन र सञ्चारमाध्यमको सुरक्षामा विशेष ध्यान दिन सरकारलाई आग्रह गरेका छन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता