राष्ट्रिय जेन-जी पार्टीले दल दर्ताका लागि आवेदन दियो

राष्ट्रिय जेन-जी पार्टीले दल दर्ताका लागि आवेदन दियो

मेट्रो संवाददाता

३ कार्तिक २०८२ १२:४४

राष्ट्रिय जेन-जी पार्टी नेपाल दल दर्ताका लागि आवेदन दिएको छ। पार्टीले अध्यक्षमा हीरा प्रसाद सेतीलाई नियुक्त गरेको छ भने दल दर्ता आवेदनमा चुनाव चिन्ह “क्रस खुकुरी” समावेश गरिएको छ।

पार्टीका अनुसार यसको सिद्धान्त र नीतिमा सामाजिक उदारवादलाई राजनीतिक दर्शनको रूपमा अपनाइएको छ। पार्टीले युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, वातावरण संरक्षण, यौन तथा लैङ्गिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई आफ्नो स्तम्भका रूपमा उल्लेख गरेको जानकारी दिइएको छ।

पार्टीको संविधानअनुसार कुनै पनि पदाधिकारीले बढीमा दुई कार्यकालसम्म जिम्मेवारी सम्हाल्न सक्छ। पार्टीको संघीय कार्यालय अनामनगर, काठमाडाैंमा अवस्थित रहेको छ। प्रारम्भिक केन्द्रीय समितिमा २१ सदस्यहरूको पदाधिकारी संरचना रहेको जनाइएको छ।

पार्टीका पदाधिकारीमध्ये अध्यक्षमा हीरा प्रसाद सेती, उपाध्यक्षमा मुना विक, महासचिवमा गोपाल आचार्य, सचिवमा सञ्जु नेपाली, मोहम्मद आयतुल्लाह रहमान र होम श्रेष्ठ रहेका छन्।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता