काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ

काठमाडौँ उपत्यकामा मापसे जाँचमा कडाइ

मेट्रो संवाददाता

६ कार्तिक २०८२ २०:२९

काठमाडौँ । तिहारको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभर मादक पदार्थ सेवन (मापसे) विरुद्ध विशेष अभियान सञ्चालन गरेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीको निर्देशनमा आज बिहानदेखि रातिसम्म मुख्य चोक, सडक र गल्लीमा मापसे परीक्षण कडाइका साथ गरिएको छ ।

प्रहरीका अनुसार अभियानको उद्देश्य दण्ड होइन, चेतना जगाउने रहेको छ । कार्कीकाे भनाइमा नागरिकले सुरक्षाको जिम्मेवारी आफैं लिनु पर्ने सन्देशसहित प्रहरी सडकमा खटिएको हो ।

उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी टोलीसहित त्रिपुरेश्वर, नयाँवानेश्वर, कलङ्की, दरबारमार्ग, महाराजगञ्ज, गौशाला, चाबहिल र बल्खु क्षेत्रमा अनुगमनमा खटिएको जानकारी दिइएको छ ।

भाइटीकाको दिन सयौँ सवारीसाधनका चालकको मापसे परीक्षण गरिएको र सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको अधिकारीले बताएका छन् ।

प्रहरीका अनुसार दसैँ, तिहारजस्ता पर्वमा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति रोक्न यस वर्ष थप कडाइ गरिएको छ ।

इङ्ल्यान्डलाई अतिरिक्त समयमा हराउँदै अर्जेन्टिना विश्वकप फाइनलमा

  काठमाडौं, ३२ असार — इङ्ल्यान्डलाई २–१ गोलले पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को फाइनलमा प्रवेश गरेको छ।...

३२ असार २०८३ ३:२९ |मेट्रो संवाददाता

पीएल सिंहको प्रतिमा स्थापना, ‘इतिहास मेट्ने होइन, पुस्तान्तरण गर्ने अभियान’ : डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिका–१८ ले पूर्वमेयर स्वर्गीय प्रेमलाल सिंह (पीएल सिंह)को प्रतिमा तपिंताँ पार्कमा स्थापना गरेको छ। गत शनिबार...

३२ असार २०८३ ३:०१ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता