मेट्रो संवाददाता
७ कार्तिक २०८२ २१:५४
चितवन । देशभर बिरामी र रक्तदाताबीच समन्वय गर्दै ब्लड डोनर्स सोसाइटी नेपालले रगत आपूर्तिमा सहजीकरण गरिरहेको छ । चितवनका स्वयंसेवी रक्तदाताले स्थापना गरेको यस संस्थाले काठमाडौँ, चितवन र झापा लगायत मुख्य सहरमा शाखा विस्तार गरेको जानकारी दिइएको छ ।
सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार कास्की, नवलपुर, मकवानपुर, पर्सा, बाँके र रूपन्देहीमा पनि प्रतिनिधि सक्रिय रहेका छन् । संस्थाले युवा र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै रगत अभाव नहोस् भन्ने उद्देश्यका साथ नियमित अभियान सञ्चालन गरिरहेको अधिकारीले बताए ।
उनका अनुसार देशभर नेपाल रेडक्रस सोसाइटी र ठूला अस्पतालहरूले रगत सङ्कलन र वितरण गर्दै आएका छन् भने, ती संस्थाबाट रगत नपरेका बिरामीका लागि सोसाइटीले सहजीकरण गर्ने गरेको छ । “रगतको अभावले कसैको उपचार रोकियोस् भन्ने हाम्रो उद्देश्य होइन,” अध्यक्ष अधिकारीले बताए ।
हाल सोसाइटीको नेटवर्कमा १० हजारभन्दा बढी रक्तदाता आवद्ध छन् । सामाजिक सञ्जालमार्फत रक्तसमूह सार्वजनिक गरेर आह्वान गरेपछि रक्तदाता स्वेच्छिक रूपमा सहभागी हुने गरेको अधिकारीले जानकारी दिए । सोसाइटीले एकै दिन १ हजार ७०० युनिट रगत सङ्कलन गरेर राष्ट्रिय रेकर्ड समेत कायम गरेको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले सोसाइटीले बिरामीका लागि रगत आपूर्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । त्यस्तै, चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले सोसाइटी स्थापना भएपछि रगत अभावका कारण बिरामीको उपचार रोक्नुपर्ने अवस्था नरहेको बताए ।
कोरोना महामारीका समयमा रगतको चरम अभाव भएपछि जिल्लाका स्वयंसेवी रक्तदाताले ब्लड डोनर्स सोसाइटी नेपाल स्थापना गरेका थिए । संस्थाले सामाजिक सञ्जालमार्फत युवालाई रक्तदानमा उत्प्रेरित गर्दै आएको छ । सक्रिय सामाजिक योगदानका कारण सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको जनाएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


