मेट्रो संवाददाता
९ कार्तिक २०८२ ११:४१
‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीपछि बन्द रहेको ह्यात होटल पुनःनिर्माणपछि छिट्टै सञ्चालनमा आउने भएको छ । होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले शुक्रबार विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको प्रदर्शनबाट होटलमा ठूलो क्षति पुगेको बताए ।
श्रेष्ठका अनुसार क्षतिको मूल्याङ्कन भइरहेको छ र पुनःनिर्माणपछि होटललाई अझ आधुनिक र आकर्षक रूपमा सञ्चालन गर्ने तयारी भइरहेको छ । “तोडफोड, लुटपाट र आगलागीका कारण अतिथिकक्ष, रिसेप्सन, रेस्टुरेन्ट, ब्याङ्क्वेट, चैत्यलगायत सम्पूर्ण संरचनामा गम्भीर क्षति पुगेको छ,” विज्ञप्तिमा उल्लेख छ ।
उहाँले होटलको स्तरोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने अनुमान गरिएको जानकारी दिए । होटल पुनः सञ्चालनपछि सरकारको राजस्व वृद्धिमा र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालले होटलको पुनःनिर्माणमा सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन दिनुभएको होटलले जनाएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


