का.म.पा.–१३ का पूर्व वडा सदस्य दिलबहादुर मानन्धरको निधन

का.म.पा.–१३ का पूर्व वडा सदस्य दिलबहादुर मानन्धरको निधन

मेट्रो संवाददाता

१० कार्तिक २०८२ १६:४९

काठमाडौँ महानगरपालिका–१३ का पूर्व वडा सदस्य तथा समाजसेवी दिलबहादुर मानन्धरको ८६ वर्षको उमेरमा सोमबार बिहान मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

एक महिना अघि मात्र उनको प्रोस्टेट रोगको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि घर फर्किए पनि पछिल्ला केही दिनदेखि अस्वस्थ भई अस्पतालमा उपचाररत रहेका थिए ।

उनको अन्त्येष्टि काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुमा सम्पन्न भएको छ । उनका तीन छोरा र एक छोरी छन् ।

स्वर्गीय मानन्धर २०५४ सालमा काठमाडौँ महानगरपालिका–१३ का निर्वाचित वडा सदस्यका रूपमा स्थानीय नेतृत्वमा निर्वाचित भएका थिए । उहाँ वडाभित्रका विभिन्न संस्थाहरूको संयुक्त संस्था ‘हाम्रो समाज’ का अध्यक्ष समेत रहेका थिए ।

मानन्धरले आफ्ना पत्नीकाे नाममा स्थापना गरिएको ‘गणेशदेवी फाउन्डेसन’ मार्फत नेपालभाषा र साहित्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्दै आएका थिए । स्थानीय समुदायले उनलाई निष्ठावान्, कर्मनिष्ठ र सहयोगी समाजसेवीका रूपमा स्मरण गरेका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता