देय् दबूकाे काठमाडाैं जिल्ला कमिटिले जूममार्फत शुभकामना आदान प्रदान

देय् दबूकाे काठमाडाैं जिल्ला कमिटिले जूममार्फत शुभकामना आदान प्रदान

मेट्रो संवाददाता

१३ भदौ २०७७ २३:०९

अमिर मैंया रञ्जित, नेवाः सूचना केन्द्र । नेवारहरको राष्ट्रिय संगठन नेवाः देय् दबूको २६ औं जन्मोत्सोव मनाउने क्रम शनिबार पनि जारी नै रह्याे ।

जूममार्फत देय् दबूकाे काठमाडाैं जिल्ला कमिटिले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।

मचाराजा महर्जन, अध्यक्ष, नेवाः देय् दबू, काठमाडाैं जिल्ला

मचाराजा महर्जनको अध्यक्षतामा भएको उक्त शुभकामना आदान प्रदान कार्यक्रममा दबूका केन्द्रीय अध्यक्ष नरेश ताम्राकार मुख्य अतिथिका रुपमा उपस्थिति जनाएका थिए ।

कार्यक्रममा दबूका महिला कमिटीका अध्यक्ष रश्मिला प्रजापति, काठमाडौं जिल्लाका निबर्तमान अध्यक्ष न्हुच्छे महर्जन, ज्यापु महागुथिका अध्यक्ष राजभाई जकःमिले आ–आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

शुभकामना आदान प्रदान कार्यक्रममा अधिकांश सहभागिहरुले नेवाःहरुको हक-अधिकार, जग्गा-जमीन, गुथि, संस्कृति, परम्परालाई सुरक्षित राख्नको लागि दबूले धेरै भन्दा धेरै संगठन विस्तार गर्नु पर्ने धारणा राखेका थिए ।

विभिन्न ब्यक्तित्वबाट सांगितिक प्रस्तुतीसमेत रहेको उक्त कार्यक्रममा दबूले व्यवस्थित तवरले शाखा एवं कमिति बढाउँदै लैजानु पर्नेमा सहभागीहरुले जोड दिए ।

धनबहादुर तिमिलाले सञ्चालन गरेको उक्त कार्यक्रममा शान्तबीर सिंह तुलाधरलगायतले शुभकामना मन्तब्य राखेका थिए ।


६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता