मेट्रो संवाददाता
१६ वैशाख २०७८ १८:११
सेवा लिन हटलाइन ११८० मा फोन गर्नुपर्ने, हृदयाघात, मृगौलाको विरामी र आकस्मिक बिरामीलाई प्राथमिकता
काठमाडाैं / निषेधाज्ञाकाे बेलामा विरामीलाई निःशुल्क अस्पताल ल्याउन लैजान काठमाडौं महानगरपालिका र संयुक्त एम्बुलेन्स चालक संघविच बिहीबार सम्झौता भएको छ ।
महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा महानगरकातर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र संघकातर्फबाट अध्यक्ष गोवर्धन सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
जिल्ला प्रशासनले जारी गरेको निषेध आदेशका कारण सवारी चल्न नपाउने र सार्वजनिक यातायात प्रयोग गर्न नसकिने भएकोले विरामी र उनका परिवारलाई पर्ने असहज परिस्थितिलाई सजिलो बनाउन यस प्रकारको सम्झौता गरिएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने ।
‘महानगरको सहकार्यमा सञ्चालित नेपाल एम्बुलेन्स सेवाले कोविड संक्रमण भएका विरामीलाई निःशुल्क रुपमा अस्पताल पुर्याउनेछन् भने संक्रमण नभएका विरामीलाई सम्झौता गरिएका एम्बुलेन्सले अस्पताल लैजाने छन् ।’ प्रमुख शाक्यले भने, ‘महानगरबासीलाई पर्न सक्ने स्वास्थ्य समस्याको पूर्वअनुमान गरेर हामीले सेवा थालनी गरेका हौँ ।’
यो सेवा लिनु पर्नेेले महानगरको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्छ । यसै गरी चालकसँग सिधै सम्पर्क पनि गर्न सकिनेछ । सेवामा हृदयाघात, क्यान्सर, मृगौला रोग र आकस्मिक सेवाका लागि अस्पताल जानु पर्ने बिरामीलाई पहिलो प्राथमिकता दिइनेछ ।
यो सेवामा घरबाट अस्पताल, अस्पतालबाट घर तथा एउटा अस्पतालबाट अर्को अस्पताल जाने सुबिधा दिइन्छ । सेवा महानगरको भौगोलिक सिमानाको २ किलोमिटर बाहिरसम्मका लागि पूर्ण निःशुल्क हो ।
सेवावापतको महानगरले १५ दिनका लागि प्रति एम्बुलेन्स १ लाख २१ हजार रुपैयाँ शुल्क भुक्तानी गर्नेछ । यसवापत् संघले १५ दिनका लागि २४ सै घण्टा एम्बुलेन्स र चालक उपलब्ध गराउनेछ ।
शुल्क महानगरले भुक्तानी गर्ने भएकोले विरामीसँग एम्बुलेन्स सञ्चालकले थप शुल्क माग्न वा मोलमोलाइ गर्न पाउनेछैन । यो सुविधा महानगरबाट २ किलोमिटरभन्दा टाढासम्मका लागि हो । तर, डाइलोसिस र क्यान्सर उपचारका लागि भने २ किलोमिटरको दुरीभन्दा बाहिर पनि जानु पर्नेछ ।
यसरी गरिएको सेवाको अद्यावधिक विवरण संघले महानगरलाई उपलब्ध गराउने पर्नेछ । महानगरले गएको बर्ष पनि यसै प्रकारको सेवा उपलब्ध गराएको थियो । पहिलो चरणमा ५ वटा र दोस्रो चरणमा २ वटा थप गरेर ७ वटा एम्बुलेन्सबाट ६० दिन सेवा दिँदा ४ हजार ४ सय ५१ जना विरामीलाई सेवा दिइएको संघका अध्यक्ष सापकोटाको भनाइ छ ।
महानगरका सबै क्षेत्रलाई समेट्ने अभिप्रायले राष्ट्रिय सभा गृह, मीन भवनस्थित ट्रलीबस स्टेशन, वडा ७ कार्यालय परिसर, भुइँखेलस्थित वडा १५ कार्यालय परिसर र वडा ३ कार्यालय परिसर महाराजगञ्जमा राखिनेछन् । सहरी स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरकाअनुसार २४ सै घण्टा तैनाथ रहने यी एम्बुलेन्सले कुनै प्रकारको प्राविधिक त्रुटी वा समस्या देखाउन र मोलमोलाइ गर्न पाउनेछैनन् ।
कहाँ कुन एम्बुलेन्स
चावहिल, वडा ७ परिसर
वा ३ च २७६६ र बा १० च ७८५६
चालक, अजय लामा ९८४१ ०५४७६८, उद्धव भण्डारी ९८४१ १४०६२२
स्वयम्भू, वडा १५ परिसर
ना २ च ७७५४ र बा १० च ४३७३
चालक शंकर दाहाल ९८०८२ ७९८१९ डम्बर गुभाजू ९८८१ ३८७२१७
महाराजगञ्ज, वडा ३ परिसर
बा १२ च २३६० र बा ६ च २८२
चालक श्याम श्रेष्ठ ९८१३ २४६०८६, कृष्ण गुरुङ् ९८०८२ ९२५५०
ट्रली बस मीनभवन
ब १८ च ५६५७ र ना २ च ४१२०
चालक सोमबहादुर तामाङ् ९८४० ९१६२६२ सविन थापा ९८४० २४१४४९
सभा गृह, प्रदर्शनी मार्ग
बा ६ च ९१०० र बा ५ च ५७५९
चालक गोर्वधन सापकोटा ९८५१० ८२४२५, तुल सिंह तामाङ् ९८१८ ४३९५९५
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


