२९ बैशाख २०८१, शनिबार | Saturday, 11 May, 2024

चीनले विश्वकै दोस्रो ठूलो आयोजना ५० महिनामा बनायो

काठमाडाैं, जेठ २३ ।

छिमेकी चीनमा रहेको विश्वकै दोस्रो ठूलो बैहितान जलाशय आयोजनाको काम सोमबार सकिएको छ । आयोजनाबाट आउँदो जुलाई १ अर्थात असार १७ गतेदेखि बिजुली उत्पादन हुने भएको छ । 

असार १७ गते आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन हुने चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन) ले अनलाई संस्करणमा जनाएको छ । जुलाई १ देखि आयोजनाको पहिलो युनिटबाट १ हजार मेगावाट बिजुली उत्पादन हुनेछ ।

सन् २०२२ भित्र आयोजनाबाट १६ हजार मेगावाट अर्थात १६ गिगावाट बिजुली उत्पादन हुने सीजीटीएनले जनाएको छ । यो विद्युतगृह चीनको थ्री गर्जेजभन्दा सानो हो ।

थ्री गर्जेजको जडित क्षमता २२ हजार ५०० मेगावाट अर्थात २२.५ गिगावाट छ । यो विश्वको दोस्रो ठूलो बाँध परियोजना हो ।बैहितान जलाशयको कुल भण्डारण क्षमता २० अर्ब ७२ करोड ७० लाख घन मिटर छ । 

यो बाँध परियोजना जिन्सा रिभर चुनयुनआन हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमार्फत निर्माण भइरहेको छ । आयोजनाको निर्माण २०१७ देखि सुरु भएको हो । आयोजनाबाट वार्षिक ६० अर्ब २४ करोड युनिट बिजुली उत्पादन हुनेछ ।

आयोजनामा १००० मेगावाटको क्षमताका १६ वटा टर्वाइन हुने छन् । बाँधको उचाइ २७७ मिटर अग्लो छ ।  बैहितान बाँध चीनको दक्षिण पश्चिममा सिचुआन र युन्नान प्रान्तहरूमा यांग्त्जी नदीको माथिल्लो भागको जिन्सा नदीमा निर्माणाधीन एक ठूलो जलविद्युत बाँध हो । आयोजनामा डबल कर्भेट आर्च बाँधको निर्माण गरिएको छ । 

आयोजना  जिन्सा रिभर चुनयुनआन र चाइना थ्री गर्जेज कर्पोरेसनको ७० प्रतिशत हिस्सा छ । यसैगरी सिचुवान इन्भेस्टमेन्ट ग्रुपको १५ र युनान इन्भेस्टमेन्ट ग्रुपको १५ प्रतिशत लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *