मेट्रो संवाददाता
२५ जेठ २०७८ २१:०२
काठमाडौं, जेठ २५ ।
अमेरिकी राज्य टेक्सासको ड्यालस शहरका नेवारहरूको संगठन युनाइटेड नेवाः युएसएले कोभिद संक्रमणबाट ग्रसित विरामीहरूको निःशुल्क उपचारको लागि छत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) लाई सहयोग स्वरुप रु. १५ लाख ६३ हजार ८७५ तका ९० पैसा प्रदान गरेको छ ।
हालै एक संक्षिप्त कार्यक्रमकाबिच चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई उक्त रकमको चेक हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरणमा आफ्नो सन्देश दिँदै युनाइटेड नेवाः युएसएका अध्यक्ष महेन्द्र मानन्धरले नेपालका नेपाली दाजुभाई दिदीबहिनीहरूलाई युनाइटेड नेवाःबाट सहयोग गर्ने माध्यमका रुपमा छत्रपाटी चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गरिएको बताउनुभयो ।

त्यस्तै उपाध्यक्ष शैलेन्द्र मानन्धरले पूर्ण सेवाभावले सञ्चालित चिकित्सालयलाई उक्त रकम हस्तान्तरण गर्न पाउँदा हर्ष लागेको बताउँदै भविष्यमा पनि यस्तो सेवा गर्न प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले चन्दा संकलन कार्यमा सहयोग गर्नुहुने संस्थाका सदस्यहरू सचिन्द्र शाक्य, रवि महर्जन, प्रज्वल महर्जन र नरेश महर्जनलाई पनि धन्यवाद दिनुभयो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


