मेट्रो संवाददाता
२८ जेठ २०७८ १८:३८
एजेन्सी ।
चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिले हिजो जुन १० तारिख ‘वैदेशिक प्रतिवन्ध विरूद्ध’ शीर्षकको कानून अनुमोदन गरेको छ।
यो विशेष कानूनले विदेशबाट आएका प्रतिबन्ध, हस्तक्षेप र अरू उपायमार्फत आन्तरिक मामिलाको नियन्त्रणसमेतका गतिविधिलाई प्रभावकारी रूपमा प्रतिरोध गर्नुका साथै अन्तर्राष्ट्रिय निष्पक्षताको आधारमा चीनको राष्ट्रिय सार्वभौमिकता, संरक्षण र विकासलाई सुरक्षा गर्नसक्ने छ।
गएका केही वर्षदेखि केही पश्चिमी मुलुकले चीनलाई दबाउनका लागि चीनको सिन च्याङ र हङकङसित सम्बन्धित मामिलाको प्रयोग गरी चीनको राष्ट्रिय संगठन तथा चीन सरकारका अधिकारीहरूमाथि प्रतिबन्ध लगाइरहेको छ।
यो गतिविधिले अन्तर्राष्ट्रिय कानून तथा अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम उल्लंघन गरी चीनको आन्तरिक मामिलामा गम्भीर रूपमा हस्तक्षेप गरेको छ।
चीनले यस पटक निकालेको विदेशको प्रतिबन्ध विरोधी कानूनको गतिविधिमार्फत विश्वलाई एउटा स्पष्ट सूचना दिएको छ। यो सूचना भनेको चीनले एकपक्षीयतावाद र प्रभुत्ववादी राजनीतिको सधैं नै प्रतिरोध गरिरहेको छ, साथै संयुक्त राष्ट्र संघको नेतृत्व र अन्तर्राष्ट्रिय कानूनका आधारमा रहेको अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्नेछ। -CRI
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


