चीनद्वारा मानव अधिकार परिषदमा विश्वमा खोपको निष्पक्ष वितरण गर्न आव्हान

चीनद्वारा मानव अधिकार परिषदमा विश्वमा खोपको निष्पक्ष वितरण गर्न आव्हान

मेट्रो संवाददाता

८ असार २०७८ २०:१७

एजेन्सी । चीनले खोपको निष्पक्ष वितरण गर्न आव्हान गरेकाे छ।

चिनियाँ प्रतिनिधि छन् स्यूले मानव अधिकार परिषद्को ४७औं सम्मेलनमा खोप नै महामारी पराजित गर्ने सशक्त उपकरण भएको बताउँदै खोप विश्वको सार्वजनिक वस्तु हुनुपर्ने बताए ।

स्थानीय समयअनुसार जुन २१ तारिख जेनेभास्थित संयुक्त राष्ट्र संघीय कार्यालय र स्वीजर्ल्याण्डस्थित अरु अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ प्रतिनिधि स्यूले कोरोना भाइरस महामारीको सामनाको विषय र मानव अधिकार उच्चायुक्तको छलफलमा विश्वको विभिन्न ६० वटा मुलुकको तर्फबाट सम्बोधन गरेका थिए ।

उनले संयुक्त राष्ट्र संघद्वारा विश्वले निष्पक्ष रुपमा खोप वितरण गर्ने सम्बन्धमा गरिएको आह्वानको समर्थन चीनबाट हुँदै आएको बताए ।

सबै मुलुकहरूसँग प्रतिवद्धतालाई व्यवहारिकतामा ल्याउन र विकासोन्मुख मुलुकहरूले कोरोना भाइरस खोप प्राप्त गर्न उनले आग्रह गरे ।

धेरै मुलुकहरूले चीनले विकासोन्मुख मुलुकहरूलाई खोप उपलब्ध गराएकोमा कृतज्ञता ज्ञापन गरेका छन्।

चीनको सम्बोधनले विकासोन्मुख मुलुकहरूको मनबाट आएको आवाज देखाएको छ। चीनले विभिन्न मुलुकले खोपको निष्पक्ष वितरणको समर्थन दिनसक्ने आशा लिएको छ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता