गरिब राष्ट्रमा खोपको चरम अभाव : डब्लुएचओ

गरिब राष्ट्रमा खोपको चरम अभाव : डब्लुएचओ

मेट्रो संवाददाता

९ असार २०७८ १०:३०


लण्डन, असार ९ । विश्वका अधिकांश गरिब राष्ट्रले कोभ्याक्सअन्तर्गत आवश्यक डोज खोप नपाउँदा खोप अभियान अगाडि बढाउन नसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनका वरिष्ठ सल्लाहकार डा. ब्रुस एलवार्डले हाससम्म कोभ्याक्स सुविधाअन्तर्गत १३१ देशमा ९ करोड डोज खोप उपलब्ध गराइए पनि विश्वभर फैलिइरहेको भाइरसबाट जोगाउन यो मात्रा अत्यन्त कम रहेको बताएका हुन् ।

अफ्रिका केही देशमा तेस्रो लहर तीव्र रूपमा फैलिइरहेको बेला खोपको अभाव देखिएको हो । सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले भाइरस रोक्न आफ्नो देशलाई कठिन भएको बताउँदै धनी राष्ट्रले खोप भण्डारण गरेर नराख्न अनुरोध गरेका छन् ।

दक्षिण अफ्रिका महादेशका २ प्रतिशत जनसंख्याले मात्र हालसम्म खोप पाएका छन् । राष्ट्रपति रामाफोसाले कोभ्याक्ससँग मिलेर दक्षिण अफ्रिकामै खोप उत्पादन गर्ने तयारी भइरहेको पनि बताए ।


विश्वका गरिब राष्ट्रलाई खोप सस्तो दरमा उपलब्ध गराउने उद्देश्यले गत वर्ष कोभ्याक्सको स्थापना गरिएको थियो । विश्व स्वास्थ्य संगठनले नेतृत्व गरेको यो अभियानअन्तर्गत सन २०२१को अन्त्यसम्म २ अर्ब डोज खोप उपलब्ध गराउने सुरुमा लक्ष्य लिइएको थियो ।

गरिब राष्ट्रका २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप यो सुविधाले अनुदानमा उपलब्ध गराउने लक्ष्य थियो । तर खोपका उत्पादनमा ढिलाइ तथा आपूर्ति व्यवस्थामा देखिएको गढबढीका कारण कोभ्याक्सको खोपमा भर परेका धेरै राष्ट्रमा खोपको अभाव भएको छ ।

उगाण्डा, जिम्बाबे, बंगालादेश, ट्रिनिडाड एण्ड टोबागोमा पछिल्ला दिनमा खोपको व्यापक अभाव खट्किएको छ । संगठनको जेनेभास्थित मुख्यालयकमा बोल्दै सल्लाहकार डा. एलवार्डले न्यून आय भएका विश्वका ८० राष्ट्रले खोपको अभावमा आफ्नो खोप अभियानलाई निरन्तरता दिन नसकेको बताए ।

‘यी राष्ट्रमध्ये आधा राष्ट्रमा खोप सकिएको छ र उनीहरूले थप डोज खोपका लागि लगातार माग गरिरहेका छन्,’ उनले भने । केही राष्ट्रले बढी मूल्य तिरेर भए पनि खोपको अभावलाई सम्बोधन गर्ने प्रयास गरेको उनले बताए ।

विश्वव्यापी रूपमा खोपको अभाव देखिएपछि केही धनी राष्ट्रले कोभ्याक्स तथा अन्य उपायमार्फत खोप उपलबध गराउन प्रयास थालेका छन् ।

अमेरिकाले आफूसँग भएको ५ करोड ५० लाख डोज वितरण योजना सोमबार सार्वजनिक गरेकोछ । यी डोजमध्ये ४ करोड १० लाख कोभ्याक्स सुविधाअन्तर्गत र १ करोड ४० लाख प्राथमिकताको आधारमा विभिन्न राष्ट्रलाई उपलब्ध गराउने तयार अमेरिकाको छ ।

अमेरिकाले यसअघि कोभ्याक्सलाई ५० करोड डोज खोप उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । अहिले तत्काल उपलब्ध गराउन लागिएको ५ करोड ५० लाख डोज यसभन्दाअघि प्रतिबद्धता व्यक्त गरिएको डोजको मात्रा भन्दा अतिरिक्त हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले जी–७ समूहको हालै सम्पन्न बैठकमा उक्त प्रतिबद्धता व्यक्त गरेका थिए । अमेरिकासहित यो समूहका अन्य राष्ट्रले थप १ अर्ब डोज खोप उपलब्ध गराउने घोषणा गरेको थिए । तर खोप अभियन्ताहरूले जी–७ समूहको प्रतिबद्धतालाई अपुग भनेर आलोचना गरेका छन् । उनीहरूले यो प्रतिबद्धतामा कुनै महत्वकांक्षा नभएको, खोप उपलब्ध गराउने समयसारिणी अत्यन्त ढिलो रहेको र शताब्दीको ठूलो महामारी नियन्त्रणमा धनी राष्ट्र गम्भीर नभएको बताएका छन् ।

केही स्वास्थ्य विज्ञले विश्वका अत्यधिक मानिसले खोप पाउनका लागि महिनौ कुर्नुपर्ने देखिएको र महामारीको अन्त्य भएको विश्वव्यापी घोषणा गर्न अझै धेरै समय लाग्ने बताएका छन् ।
खोपको विश्वव्यापी अभाव रहेको प्रसंगमा ह्वाइट हाउसका प्रेस सेक्रटरी जेन साकीले आपूर्ति भन्दा भन्दा अन्य लोजिस्टिक समस्या झन् बढी चूनौतीपूर्ण रहेको बताइन् । ‘हामीसँग विश्वलाई उपलब्ध गराउन यथेष्ट डोज छन् तर यो वितरणका लागि चूनौती देखिएको छ,’ उनले भनिन् । – नागरिक दैनिक

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता