मेट्रो संवाददाता
१० असार २०७८ १४:०१
काठमाडाैं, असार १० । समुदाय-प्रहरी साझेदारी कामपा १५ वडा समितिले १५ दिने १५ स्थानहरूमा सचेतना एवम् जागरण कार्यक्रम गर्ने भएकाे छ ।
काेराेना भाईरस(COVID-19) बाट बच्न र बचाउन अभियान अन्तर्गत याे कार्यक्रम अघि सारेकाे समितिले जनाएकाे छ ।
बुधबार कामपा १५ वडाकाे कार्यालयमा कामपा प्रवत्ता एवं वडाध्यक्ष इश्वरमान डंगाेलकाे राेहवरमा भएकाे छलफलमा निर्णय भएकाे थियाे ।
छलफलमा वडासदस्यहरूकाे साथमा महानगरीय प्रहरी वृत्त, स्वयम्भू, ट्राफिक प्रहरी, पर्यटक प्रहरीका प्रतिनिधीहरू एवं स्थानीय क्लबका पदाधिकारीहरूकाे उपस्थिति रहेकाे समुदाय-प्रहरी साझेदारी कामपा १५ वडाका सचिव राजा शाक्यले जानकारी दिए ।
विश्वभर लाखाैंलाख नागरिककाे मृत्यु भइरहेकाे कारक तत्व काेराेना भाइरसकाे परिवर्तीत रूप लिइरहकाेले यसबाट बच्न बचाउन काठमाडाैं महानगरपालिका १५ वडामा १५ दिने १५ स्थानहरूमा सचेतना एवं जागरणा कार्यक्रम सञ्चालनमा ल्याउन लागेकाे शाक्यले बताए ।
विहान ७ बजे कार्यक्रम हुने मिति र स्थान यसप्रकार छन्
- असार १२ गते शनिबार, भगवान पाउ, स्वयम्भु
- असार १३ गते आइतबार, दलु चाैतारा, दलु
- असार १४ गते साेमबार, चमति चाेक, चमति
- असार १५ गते मंगलबार, सितापाइला चाेक
- असार १६ गते बुधबार, बिजयश्वरी
- असार १७ गते बिहीबार, किम्डाेल
- असार १८ गते शुक्रबार, चागल
- असार १९ गते शनिबार, अन्नपुर्ण चाेक, रिङ्गराेड
- असार २० गते आइतबार, छाउनी चाेक, छाउनी
- असार २१ गते साेमबार, बनस्थली
- असार २२ गते मंगलबार, विष्णुमति पुल, दलु
- असार २३ गते बुधबार, बुद्धपार्क, चक्रपथ
- असार २४ गते बिहीबार, माल्चाटार, डल्लु आवास
- असार २५ गते शुक्रबार, अमर चित्रकार मार्ग
- असार २६ गते शनिबार, शाेभाभगवती मन्दिर परिसर
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


