टोखा नगरपालिकाको बजेट १ अर्ब ८९ करोड ९४ लाख

टोखा नगरपालिकाको बजेट १ अर्ब ८९ करोड ९४ लाख

मेट्रो संवाददाता

१० असार २०७८ १६:३२

काठमाडाैं, असार १० । टोखा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८९ करोड ९४ लाख ७६ हजार रुपियाँको प्रस्तावित बजेट सार्वजनिक गरेको छ ।

बुधबारबाट शुरु भएको नगरपालिकाको नवौँ नगर सभामा नगर प्रमुख अधिकारीले प्रस्तावित बजेट नगर सभामा पेश गर्नुभएको हो ।

नगरपालिकाले बुधवार नगर सभामा पेस गरेको नीति कार्यक्रम र बजेटमा स्वास्थ, शिक्षा, उद्याेग र पूर्वाधारलाइ प्राथमिकता दिएकाे छ ।

नगरपालिकाले वडागत रू दुइ कराेड ५० लाखकाे बजेट प्रस्तावसँगै निःशुल्कअाैषधी, मेयर स्वास्थ्य तथा उपमेयर स्वास्थय कार्यक्रम अगाडि बढाउने भएकाे छ ।

एक वडा एक याेग ध्यान केन्द्र बनाउने तथा सांस्कृतिक संरक्षित क्षेत्र वडा २ र ३ काे पहिचानलाइ जिवन्त राख्ने देखि नगरपालिको अनुपम प्राकृतिक सौन्दर्य बौडेश्वर झरना , भुतखेल चौर, शिवपुरी राष्ट्रिय निकुञ्जको सिमावर्ती क्षेत्रको निर्माणधिन पद मार्ग निर्माण कार्यलाई निरन्तर्ता दिनेसम्म बजेटमा उल्लेख गरिएकाे छ ।

सबैको लागि गुणस्तरीय शिक्षा भन्ने नाराका साथ एक वडा एक सामुदायिक विद्यालयको स्थापना गर्ने, सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई मेयर दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता