मेट्रो संवाददाता
११ असार २०७८ १८:४७
भक्तपुर, असार ११। भक्तपुर नगरपालिकाद्वरा १ अर्ब ९३ करोडकाे बजेट सार्वजनिक गरेकाे छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागि १० औँ नगर सभामा उक्त बजेट सार्वजनिक गरेको हाे ।
उपप्रमुख रजनी जोशीले सार्वजनिक गरिएकाे बजेटको चालु खर्चतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार र पुँजीगततर्फ ८२ करोड ९७ लाख रुपैंया विनियोजन गरिएको छ ।
बजेटको कुल आयमध्ये बाह्य स्रोतबाट १ अर्ब ४३ करोड ३४ लाख आम्दानी हुने अनुमान छ । सोमध्ये सङ्घीय सरकारबाट वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदान शीर्षकमा ६१ करोड ७७ लाख अनुमान गरिएको छ ।
सामाजिक सुरक्षा भत्ताबापत ३० करोड र सडक बोर्डमार्फत ५० लाख आम्दानी हुने अपेक्षा गरिएको छ । त्यस्तै बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा ७ करोड ७२ लाख हुने अनुमान गरिएको छ । आन्तरिक आयतर्फ कर दस्तुरलगायतबाट कूल ४० करोड १० लाख रुपैयाँ आम्दानी हुने अनुमान छ ।
कुल बजेटकाे २१.९८ प्रतिशत बजेट नगरपालिकाको सुशासन तथा प्रशासनिक व्यवस्थापनको लागि बिनियाेजन गरिएकाे छ । भक्तपुर नगरपालिकाले कृषिमा भने जम्मा बजेटकाे १.५२ प्रतिशतमा बिनियाेजन गरेकाे छ ।
त्यस्तै शिक्षा क्षेत्रमा १६.३२, स्वास्थ्यमा १३.५६, सम्पदा संरक्षण तथा विकास निर्माणमा २.७३, नवनिर्माण तथा पुनः निर्माणमा २०.७०, फोहर मैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ४.०४, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा १६.१४, युवा तथा खेलकुदको क्षेत्रमा २.४५ प्रतिशत बिनियाेजन गरिएकाे छ ।
RECOMENDED News
Latest News
नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द
चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...
९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


