मेट्रो संवाददाता
१४ असार २०७८ १७:४०
काठमाडाैं, १५ असार २०७८ ।
काठमाडाैं महानगरपालिका १५ वडा कार्यालय परिवारद्वारा महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुख प्रहरी नायव उपरीक्षक निरञ्जन दत्त भट्टलाई एक कार्यक्रम गरी विदाई गरेको छ । साथै बृत्तकाे नेतृत्व लिएका प्रहरी नायव उपरीक्षक मिलन केसीलाइ स्वागत गरिएकाे छ ।
एकवर्षे कार्यकाल पुरा गरेका महानगरीय प्रहरी बृत्त स्वयम्भूका प्रमुखनिरञ्जन दत्त भट्टलाई समुदाय प्रहरी साझेदारी कामपा १५ वडा समितिका अध्यक्ष ईश्वरमान डंगोलले सम्मान पत्रका साथ विदाइ गरेका हुन् ।
नवनियुक्त महानगरीय प्रहरी बृत्त, स्वयम्भुका प्रमुख प्रनाउ मिलन के.सी.लाई मायाकाे चिनाे प्रदान गरी स्वागत गरिएकाे थियाे ।
नवनियुक्त प्रमुख के.सी.ले समुदायसँग हातेमालाे नगरी समाजमा शान्ति सुरक्षा कायम गर्न नसकिने बताउँदै समुदाय-प्रहरी साझेदारी कार्यक्रमकाे अवधारणा अनुरूप समाजका कार्यहरूलाई रूपान्तरण गर्दै जाने प्रतिबद्धता जनाए ।
बिदाई भएका प्रनाउ निरञ्जन दत्त भट्टले समुदाय-प्रहरी साझेदारी कार्यक्रम कामपा १५ वडा समितिले गरेका सामाजिक कार्यहरू एक उदाहरण भई सफल भएकाेमा सहयाेगी सम्पुर्णलाई धन्यवाद ज्ञापन गरे ।
कार्यक्रमका अध्यक्ष कामपा १५ वडाका अध्यक्ष एवम् कामपाका प्रवक्ता तथा समुदाय-प्रहरी साझेदारी कामपा १५ वडा समितिका संयाेजक ईश्वरमान डंगाेलले समाज विकासकाे काममा सकरात्मक भई लाग्नु पर्ने बताए ।
कुनै एक प्रकारकाे समाजकाे बिकासले मात्र सम्पुर्ण समाजकाे विकास नहुने बताउँदै राजनीतिक, अार्थिक, मानवीयस्राेत, भाैतिकस्राेत, साँस्कृतिक, खेलकुद, न्याय क्षेत्रहरूकाे सवल पक्षकाे विकासका कारण वास्तविक समाजकाे हुन्छ ।
कार्यक्रममा वडा सदस्य अानन्दराम गाैतमले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन वडा सचिव सुशिल सुवेदीले गरेका थिए ।
कार्यक्रममा वडा सदस्यहरू निमा घ्याम्छाे लामा, मैयाँलक्ष्मी महर्जन र अनिता परियारका साथै १५ वडाका विभिन्न संघसस्थाका प्रतिनिधि तथा समाजसेवीहरूकाे उपस्थिति रहेकाे थियाे ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


