काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप १ करोड रुपैयाँ अनुदान

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाबाट थप १ करोड रुपैयाँ अनुदान

मेट्रो संवाददाता

१७ असार २०७८ ९:५८

काठमाडौं, १७ असार २०७८ ।

काष्ठमण्डप पुनःनिर्माणका लागि काठमाडौ महानगर पालिकाकाले थप १ कराेड रूपैयाँ अनुदान दिएकाे छ ।

उपभाेक्ता समितिमार्फत पुरानाे/परम्परागत शैलीमा पुनर्निर्माण भइरहेकाे काष्ठमण्डप पुनःनिर्माणका लागि थप १ कराेड रूपैयाँ अनुदान प्रदान गरिएकाे हाे ।

०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपकाे पुनर्निर्माण समिति मार्फत ०७५ को वैशाखबाट सुरु गरेको हो । काष्ठमण्डप पुनःनिर्माणकाे खर्च सबै महानगरपालिका बेहाेर्ने बचनबद्धतानुसार महानगरपालिकाले काम सुरू गर्न ५० लाख रुपैयाँ दिएको थियो । त्यसपछिका २ किस्तामा ५ / ५ करोड रुपैयाँ प्रदान गरेको थियो । समितिलाई अहिलेसम्ममा ११ करोड ५० लाख रुपैयाँ अनुदान पुगेको छ ।

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए।

पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले, करीब १२ करोड रुपैयाँमा पुननिर्माणको काम सकिने बताए ।

अहिलेसम्ममा काष्ठमण्डप पुननिर्माणको काम ९० प्रतिशतभन्दा बढी सकिएको छ । निषेध आदेशका कारण काममा केही ढिलाई भएको हो पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले भने ।

अहिले काठको समस्या पनि समाधान भैसकेको छ । हामी अब छिट्टै उद्घाटनको तयारीमा लाग्छौँ उनले भने ।

समितिका अध्यक्ष शाक्यले सातौँ शताब्दीकै शैली, परम्परागत निर्माण सामाग्री र प्रविधिबाट काष्ठमण्डप पुनर्निर्माण हुँदै गरेको र यसकाे अनुमानित लागत १२ कराेड रूपैयाँ लाग्बने बताए।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता