मेट्रो संवाददाता
२० असार २०७८ २०:५५
काठमाडाैं, १९ असार २०७८ ।
नेकपा एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल केन्द्रका अध्यक्ष किरण पौडेलले नातावाद कृपाबादले पद ओगटेकाहरुको लागि अबदेखि राष्ट्रिय युवा संघ नेपालमा कुनै स्थान नरहने बताएका छन्।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौँ १५ वडा कमिटिको आयोजनामा शनिबार चमती क्षेत्रमा भएको वृक्षारोपन कार्यक्रममा उनले युवाहरुलाई राजनितिसँगै रोजगारीमा जोडाउँदै लानुपर्ने तथा युवाहरुले आफ्नै ब्यबसाय गर्ने क्रममा सरकारी कर्मचारीहरु बाट दुख पाइरहेका युवाहरुलाइ सहजीकरणको प्रयास गर्दै जाने धारणा राखे।
जिल्ला समन्वय समितिका प्रमुख शिव राज वैधले राष्ट्रिय युवा संघ केन्द्रले ल्याएको वृक्षाराेपण कार्यक्रम एकदमै सह्रानीय रहेको बताए।
‘अहिले बढ्दो सहरीकरणले गर्दा प्रकृति विनाश भइरहेको छ । यस कार्यक्रमले भविष्यमा सबैका लागि स्वच्छ वातावरण निर्माण हुनेछ’, उनले भने ।
राष्ट्रिय युवा संघ कामपा १५ वडाले खेलेको उल्लेखनीय भुमिकाले जनसमुदायमा राष्ट्रिय युवा संघ नेपालको गरिमा उच्च राख्न सफल भएको उनले थप धारणा राखे ।
शनिबार राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलको प्रमुख आतिथ्य एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज वैधको विशेष आतिथ्यमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रद्वारा काठमाडौं जिल्ला कामपा १५ वडा चमतीबाट वृक्षरोपण कार्यक्रम सुभारम्भ गरेको थियाे ।
राष्ट्रिय युवा संघ नेपाल कामपा १५ वडा कमिटीका अध्यक्ष किसन डंगोलकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा उक्त कार्यक्रममा अतिथिहरुमा नेकपा एमाले क्षेत्र नं ८ का सचिव उदय पसखल, सदस्य शंकर केसी, कार्यालय सचिव आनन्दराम गौतम, नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष क.धावा रुम्बा, महानगर कमिटीका सदस्यहरु लक्ष्मण शाही, उद्दव खड्गी, सानू रत्न फुबरे, राष्ट्रिय युवा संघका उपाध्यक्ष क्षितिज थेवे, राष्ट्रिय युवा संघका सचिव एवं बागमती प्रदेशका इन्चार्ज प्रकाश गौतम, राष्ट्रिय युवा संघका स्थायी कमिटीका सदस्यहरु शिव कुमार महर्जन, पेम्बा घले, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य सुरेन्द्र थापा, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक निसार उद्दिन, राष्ट्रिय युवा संघका केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायत राष्ट्रिय युवा संघ केन्द्र एवं काठमाडौं जिल्लाका विभिन्न क्षेत्रका युवा नेताहरुको उपस्तिथि रहेको थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


