मेट्रो संवाददाता
२५ असार २०७८ २०:०७
चितवन । २०७८ असार २५
पूर्व पश्चिम राजमार्गमा भन्डाराबाट हेटौँडातर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती नगरपालिका ३ झुरझुरेस्थित पूर्व पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले ठक्कर दिँदा प्रदेश ३–००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खैरहनी नगरपालिका वडा नम्बर १२ का राजकुमार अधिकारीका ५ वर्षीय छोरा आरुष अधिकारीको मृत्यु भएको हो, बुबा राजकुमार मध्यम घाइते भएका छन् ।
यस्तै उक्त कारले अर्को प्रदेश ३ ००३प ६८८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक रत्ननगर १५ का निशान भट्टराई र स्कुटरको पछाडि सवार सोही स्थानका सन्तोष पोखरेल घाइते भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका आरुषको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ३ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पोखरेलको अवस्था मध्यम तथा भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


