इजरायलबाट आयो नेपाललाई २० करोडको स्वास्थ्य सामग्री

इजरायलबाट आयो नेपाललाई २० करोडको स्वास्थ्य सामग्री

मेट्रो संवाददाता

२५ असार २०७८ १७:३३

काठमाडौं, २५ असार २०७८

इजरायका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको पहलमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५८ थान भेन्टिलेटरसहित रु २० करोडको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवाको २३५३ ‘चार्टड फ्लाइट’ मार्फत ती सामग्रीसहित आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।

विमानस्थलमा परराष्ट्र र स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा नेपालका लागि इजरायली राजदूत हनान गोडेरसहितको टोली पुगेको र उनिहरुलाई ती सामग्री हस्तान्तरण भएको पनि दूतावासले जानकारी दिएको छ । नेपाल इजरायल सम्बन्ध स्थापनापछि नेपालको ध्वजावाहक विमान इजरायलको विमानस्थलमा पहिलोपटक अवतरण भएको हो ।

‘नेपाल आएका ती स्वास्थ्य सामग्री इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्था, व्यावसायिक क्षेत्र, इजरायली, नेपाली दूतावास परिवार र इजरायलमा रहेका नेपालीबाट सहयोगस्वरुप प्राप्त भएका हुन्’, राजदूत डा. शाक्यले भनिन्, ‘करीब रु २० करोड मूल्य पर्ने उक्त स्वास्थ्य सामग्रीको तौल करीब १८ टन छन् ।’

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता