पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सुचारु; यात्रुलाई मास्क अनिवार्य

पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सुचारु; यात्रुलाई मास्क अनिवार्य

मेट्रो संवाददाता

७ साउन २०७८ ६:४९

मेट्राेन्यूज / काठमाडाैं, साउन ७।

पर्यटकीय गन्तव्य पोखरास्थित फेवातालमा डुङ्गा सञ्चालनमा आएको छ ।

कोरोना भाइरसका कारण गरिएको निषेधाज्ञाले गत वैशाख १४ गतेदेखि बन्द भएको डुङ्गा व्यवसाय सोमबारदेखि फेरी सञ्चालनमा आएका छन् ।

पुनः व्यवसाय शुरु भएपछि डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आएका मजदुर खुशी भएका छन् । 

फेवा डुङ्गा व्यवसायी समितिले यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने भिडभाड हुन नदिन २० फुटे डुङ्गामा चार र १८ फुटेमा तीन जना राखेर सञ्चालन गरिएको छ ।

यात्रुको चाप न्यून रहेकाले अहिले दैनिक आठदेखि नौ डुङ्गा मात्र सञ्चालनमा रहेकाे समितिले जनाएकाे छ ।

तालमा डुङ्गा सञ्चालन भए पनि प्रसिद्ध तालबाराही मन्दिर भने खुलेको छैन । मन्दिरमा दैनिक साँझमा गरिने आरतीसमेत अहिले बन्द छ ।

डुङ्गा चढ्ने पर्यटकलाई मन्दिर घुमाएर ल्याउने गरिएको छ । फेवातालमा ७६४ डुङ्गा रहेकामा बाराहीघाटमा मात्र ३०० छन् ।

निषेधाज्ञा जारी रहेको र पर्यटन व्यवसाय अहिले पनि ठप्प रहेकाले पर्यटक आवागमन नभएकाले क्यु प्रणालीमा थोरै मात्रामा डुङ्गा सञ्चालनमा ल्याइएको समितिले जनाएको छ । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता