गुरू पूर्णिमाकाे दिन नेपालभाषा पाठ्यक्रमको लागि कृतज्ञता

गुरू पूर्णिमाकाे दिन नेपालभाषा पाठ्यक्रमको लागि कृतज्ञता

मेट्रो संवाददाता

१० साउन २०७८ १६:५०

मेट्राेन्यूज / काठमाडाैं, साउन १० ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उप-मेयर हरिप्रभा खड्गी श्रेष्ठ तथा कार्यकारी प्रमूख राजेश्वर ज्ञवालीलाई गुरुपुर्णिमाको दिन शिक्षक प्रतिनिधिहरु द्वारा सम्मानित हुनुभएकाे छ ।

कामपाले निजी र सरकारी स्कुलमा नेपालभाषाको पाठ्यक्रम लागू गरेकोमा सम्पूर्ण नेपालभाषा शिक्षकहरूको तर्फ बाट उक्त शिक्षक प्रतिनिधिहरुले कृतज्ञता स्वरुप उहाँहरूकाे सम्मान गरिएकाे हाे ।

शनिबार सभागृहकाे कार्यकक्षमा सम्मानपश्चात मेयर शाक्यले नेपाल एक विभिदतामा एकता भएकाे देश भएकाे स्मरण गराउँदै यहाँका नागरिक थरी थरीका फुल उनेर जसरी एउटा राम्रो माला बनेकाे हुन्छ त्यसरी नै थरी थरीका भाषा, जातिका सम्पूर्ण नागरिक एक भइ मिलेर बसेका छन् भन्नुभयाे ।

‘नेपालभाषा नेवारहरूको मात्र भाषा होइन, यो नेपाल कै राष्ट्रिय भाषा हाे । त्यस्तै सम्पदा पनि कुनै जाति विशेषकाे मात्र नभइ राष्ट्रकै हुन्छ र त्यसकाे सरंक्षण राज्यकाे दाइत्व हाे ।’, मेयर शाक्यले भन्नुभयाे ।

‘कुनै पनि जाती, भाषा, सम्पदालाई राज्यले नै संरक्षण र प्रवर्द्धन गर्नुपर्छ । नेपालका सबै भाषा, सम्पदा कुनै जाति विशेषकाे नहुने भएकाेले यस्काे जगेर्ना गर्ने राज्यकाे दाइत्व हाे ।’, मेयर शाक्यले भन्नुभयाे, ‘कुनै पनि एउटा जाती वा भाषा लाेप हुनु भनेकाे देशकाे लागि ठुलाे घाटा हाे ।’

यसकाे निरन्तरतामा कसैले शं‌का गर्नु नपर्ने बताउँदै उहाँले स्थानीयविषयवस्तु स्थानीयभाषा नेपालभाषामा १ देखि ८ कक्षासम्म लागु भई सकेकाे र यसकाे पालना गर्नु गराउनु सबै जिम्मेवार नागरिककाे कर्तब्य भएकाे औंल्याउनु भयाे ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता