मेट्रो संवाददाता
१५ साउन २०७८ ९:२९
काठमाडाैं, १५ साउन, २०७८ ।
बेलायतले युरोप र अमेरिकाबाट आउने यात्रुका लागि लगाएको प्रतिबन्ध हटाएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि ती राष्ट्रबाट आउने यात्रुमाथि लगाइएको प्रतिबन्ध अगस्ट २ पछि लागु हुनेगरी हटाइएको सरकारका एक उच्च अधिकारीले बताए । उनका अनुसार उनीहरूले कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइसकेको हुनुपर्नेछ । यो नियम आगामी सोमबार अर्थात अगष्ट २ बाट लागू हुने बताइएको छ ।
युरोपियन मुलुकबाट आउनेहरुले दुवै डोज खोप लगाएको प्रमाणस्वरूप ‘इयू डिजिटल कोभिड प्रमाणपत्र’ र अमेरिकाबाट आउनेहरुले ‘सीडीसी’ कार्ड उपलब्ध गराउनुपर्नेछ । तर, यात्रा गर्नु अघि र बेलायत आएको दोस्रो दिनमा भने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ ।
पछिल्लो समय बेलायत प्रवेश गर्दा फ्रान्सबाहेकका ‘पहेलो सूची’ अन्तर्गतका मुलुकबाट आउने यात्रुहरुले आइसोलेशन बस्नु नपर्ने भएको हो । नयाँ नियमसँगै लामो समयदेखि आफ्ना परिवारबाट टाढिएका व्यक्तिहरुसँग भेट्न पाउने अवसर मिल्ने सरकारले जनाएको छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर बढे पनि यसको असर कम भएको भन्दै सरकारले जनजीवन सामान्य बनाउन प्रतिबन्धहरू क्रमशः कम गर्दै जाने जनाएको छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


