मेट्रो संवाददाता
१५ साउन २०७८ १८:३९
काठमाडौं, १५ साउन २०७८ ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) र स्थानीय सडक पुल एकाईबीच पुलको डिजाइनसम्बन्धी पाठ्यक्रम विकास तथा लागू गर्ने उद्देश्यले समझदारी भएको छ । समझदारीपत्रमा नेकका प्राचार्य हरिकृष्ण श्रेष्ठ र स्थानीय सडक पुल एकाइका टिम लिडर इन्जिनियर सकिल मानन्धरले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार दुवै संस्था मिली नेपालका स्थानीय सडकमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षलाई ध्यान दिने र कसरी चुस्त पुल डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार गरी स्नातक तहका इन्जिनियरिङ विद्यार्थीलाई अध्यापन गराइनेछ । साथै विद्यार्थीले सोही विषयमा प्रोजेक्ट गर्न चाहेमा तथ्यांक तथा फिल्डमा जाने, बस्ने खर्च समेत उपलब्ध गराउने प्रावधान छन् ।
डिजाइन तथा सुपरभिजनको कमजोरीले हरेक वर्ष मनसुनमा दर्जनौं पुल भत्किरहेको नेपालमा उक्त समझदारी कार्यान्वयनपछि पुल निर्माण प्रविधिमा उल्लेख्य सुधार हुने तथा सक्षम इन्जिनियर उत्पादन हुने अपेक्षा गरिएको छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


