नामिबियाद्वारा ५७ हात्ती बिक्री

नामिबियाद्वारा ५७ हात्ती बिक्री

मेट्रो संवाददाता

२८ साउन २०७८ १:२२

विन्डहोक, २७ साउन । नामिबियाको सरकारले ५७ वटा हात्ती बिक्री गरेको छ ।

खुल्ला मूल्य बढाबढका आधारमा ती हात्तीहरू बिक्री गरिएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् ।

नामिबियाको वातावरण मन्त्रालयका प्रवक्ता रोमेओ मुयुन्डाले बिक्रीका लागि १७० हात्ती राखेको भए पनि ५७ वटा मात्रै बिक्री भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नामिबिया सरकारले गत वर्ष सन् २०२० को डिसेम्बरमा ती हात्तीहरू बिक्रीका लागि बोलपत्र नै आह्वान गरेको थियो ।

“बिक्रीका लागि राखिएका हात्तीमध्ये १५ वटा नामिबियाभित्र नै बिक्री भएको छ भने अरू ४२ वटा निर्यात गरिने भएको छ,” मुयुन्डाले भन्नुभयो ।

बिक्री गरिएका हात्ती समात्ने काम भने यही महिनादेखि सुरु हुने र त्यसपछि मात्रै सम्बन्धित क्रेतालाई हस्तान्तरण गरिने प्रवक्ता मुयुन्डाले जानकारी दिनुभयो ।

हात्तीको सङ्ख्या धेरै हुँदै गएपछि हात्ती र मानिसबीच द्वन्द्व बढेकाले त्यसलाई न्यूनीकरण गर्नका लगि हात्ती बिक्री गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।

हात्तीले मानव जीवनमा नकारात्मक असर पारेको, मानवीय क्षति गरेको लगायतका कारणले हात्ती नियन्त्रण गर्नुपर्ने आवाज उठेको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता