मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना

मुख्यमन्त्री शाक्यद्वारा तीजको शुभकामना

मेट्रो संवाददाता

२४ भदौ २०७८ १३:४५

काठमाडाैं । हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति  र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

तीज नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वका रुपमा मनाउँदै आएको मुख्यमन्त्री शाक्यद्वारा आज जारी सन्देशमा उल्लेख छ ।“तीजले नेपाली महिलालाई समाजमा विद्यमान लैङ्गिक, जातीय विभेदलगायत असमानताको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु”, सन्देशमा  उल्लेख छ ।

यस्ता सांस्कृतिक पर्वले सबै नेपालीका बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता पारिवारिक मिलन तथा  सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने विश्वास रहेको मुख्यमन्त्री शाक्यले उल्लेख गर्नुभएको छ ।

यसैबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले हरितालिका अवसरमा शुभकामना दिँदै धार्मिक दृष्टिले मात्र नभई शारीरिक र मानसिक रुपमा पनि तीज महत्वपूर्ण पर्व रहेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले हिन्दू महिलाको धार्मिक पर्व तीज नेपाली आमा, दिदीबहिनीका लागि महत्वपूर्ण रहिआएको बताउनुभएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता