मेट्रो संवाददाता
२५ भदौ २०७८ १९:५९

काठमाडाैं । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका बिघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज गणेश चतुर्थी पर्व मनाइएको छ ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइएको हो ।
भाद्र शुक्ल चतुर्थीका दिन जीवनमा बिघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ । मङ्गल चतुर्थीसमेत भनिने आजका दिन नेवार समुदायले आजको दिनलाई चथा पर्वका रूपमा मनाउँछन् ।
भगवान् गणेशको जन्मदिन मानिएको चतुर्थीका दिन नेवार समुदायले बिहानै घरलाई चोख्याएर बेलुका पूजा गर्न चथाः गणेशको तस्बिर सहित पूजामा चाहिने सामग्री भित्र्याउने गर्छन् । गणेश चतुर्थीलाई दशैँ भित्र्याउने चाडका रूपमा समेत लिने भएकाले यस दिनलाई दशैँको प्रारम्भ पर्वका रूपमा लिइन्छ । चथाः पर्व राम्रो भए दशैँ पनि राम्रो हुने धार्मिक मान्यता र विश्वास रहेको पाइन्छ । आजकै दिन किसानले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलनसमेत छ ।
यसै गणेश चतुर्थी (चथाः)को अवसरमा काठमाडाैंकाे चागा: क्षेत्रका स्थानीयहरुद्वारा हरेक वर्ष झै यसपालि पनि गणेश पुजाको आयाेजना गरेका छन् ।
चागाः गणेशलाइ चढाएकाे समय्बजि प्रसाद ग्रहण गर्न काठमाडाैं क्षेत्र नं ८ का माननीय जीवनराम श्रेष्ठ, बागमती प्रदेशसभा माननीय बिराजभक्त श्रेष्ठ, कामपा १३ वडाध्यक्ष ध्रुवनारायण मानन्धर, कामपा १५ वडाध्यक्ष एवं काठमाडाैं महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगाेल, वडासदस्य मैयाँलक्ष्मी महजर्नलगायत जनप्रतिनिधीहरूकाे हर्षाेलासमय उपस्थिती थियाे ।
यस दिन राति कौशी वा घरको आँगनमा चथाः गणेश र चन्द्रमाको विधिवत् पूजा गर्ने गर्छन् । पूजामा कमलको फूलको पातमा चथा गणेशको तस्बिर राखेर, नैवेद्य, पञ्चपकवान, अनार, केरा, अम्बा, नासपाती, काँक्रा, सुन्तला, काँचो भिजाएको केराउ, कमलको फूल, नयाँ अदुवाको बोट तथा मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्लासमेत आठ प्रकारका भुटेका गेडागुडी चढाइन्छ । साथै पूजामा घ्यूमा भुटेको आरुको बियाँ, दुबो, कालो तिलको लड्डु, मुला खाइसी (भोगटेजस्तो एक प्रकारको फल) चढाउँछन् ।
चथाः गणेशको पूजा सकेपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ । पूजामा घरपरिवारका सबै सदस्य बस्नुपर्ने परम्परा छ । पूजा सकेपछि घरका सबै बसेर चथा गणेशलाई चढाएको पञ्चपकाव, काँक्रा, फलफूल र भुटेका गेडागुडी प्रसादका रूपमा खाने चलन छ ।
प्रचलित किम्वदन्ती
गणेश आफ्नो बहान मुसामाथि चढेर रातको समयमा यात्रा गरिरहँदा चन्द्रमाले हात्तीको मुख, मुसा चढ्ने आदि नाना तरिकाले जिस्काउन पुगेछन् ।
यसरी आफ्नो खिल्ली उडाएको रिसमा चन्द्रमाको सबै तेज नाश होस् र जसले चन्द्रमालाई हेर्छ उसलाई चोरेका दोष लागोस् भनी गणेशले चन्द्रमालाई सराप्छन् र चन्द्रमाको सबै तेज हराइजान्छ ।
गणेशले सरापेपछि चन्द्रमाले आफुबाट गल्ती भएको स्वीकार्दै पश्चाताप गर्छन् र गणेशसँग क्षमा माग्छन् ।
त्यसपछि गणेशले हरेक महिनामा तेज हराउँदै गएर पन्ध्र दिनमा एक पटक पुरै तेजहीन हुने र तेज बढ्दै गएर पन्ध्र दिनमा एक पटक पूर्ण तेज हुने वरदान दिएछन् ।
गणेशले चन्द्रमालाई यहि श्राप र वरदान दिएको दिनको विश्वासमा आजको गणेश चतुर्थी मनाउने गरीएको जनविश्वास छ ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...







