मेट्रो संवाददाता
२६ असोज २०७८ ६:४५

कीर्तिपुर । कीर्तिपुर नगरपालिका वडा नं. ९, नगाउँ स्थित बालकुमारी बचत तथा ऋण सहकारी सस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नगाउँ स्थित बालकुमारी ब्याङ्क्वेटमा सम्पन्न सो सभाको कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले युवा लक्षित कार्यक्रम गर्नु पर्नेमा जोड दिनुभयो । युवाहरूलाई प्रतिफल आउने खालको काममा लगानी गरी प्रोत्साहित गर्नु पर्ने बताउनुभयो । समुदायमा आधारित सहकारी भएकोले सहकारीमा जम्मा भएको पूँजीलाई उद्यमशीलतामा जोड दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख खड्काले सहकारीले महिलाहरूलाई पनि समेट्ने खालको उत्पादनमुखी योजना ल्याउने र ती योजनाहरूमा उचित स्थानमा लगानी गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । संस्थाका हल्लाहकार तथा भू.पू अध्यक्ष गंगामान महर्जनले सहकारी क्षेत्रमा नयाँ नयाँ चुनौतीहरूसँगै र अवसर पनि आइरहेकोले नयाँ पुस्तालाई समेट्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उद्घाटन सत्र पश्चात भएको बन्द सत्रमा अध्यक्ष सादुराम महर्जन, लेखा समिति संयोजक गौतम महर्जनलागयतले प्रस्तुत गर्नुभएको
प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको थियो भने संस्थाको प्रगति विवरणका साथै आगामी योजनाहरूका बारेमा पनि प्रष्ट्याइएको थियो । यस
सहकारी संस्थामा हाल १९० जना शेयर सदस्यहरू रहेका छन् ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


