ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

ज्येष्ठ नागरिकलाई निःशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि

मेट्रो संवाददाता

५ कार्तिक २०७८ १९:२२


गोदावरी नगरपालिकाले यहाँका ज्येष्ठ नागरिकलाई निःशुल्करूपमा उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्ने भएको छ । उक्त उमेरका नागरिकको अर्थावस्थालाई ध्यानमा राखी नगरपालिकाले सो सहयोग गर्न लागेको हो ।

गोदावरीमा ७० वर्ष नाघेका व्यक्तिलाई आइतबारदेखि अर्काे सोमबारसम्म बिनाशुल्क उच्च रक्तचाप र मधुमेहको औषधि वितरण गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रेवतीराज कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी उमेर ढल्केका यस्ता व्यक्तिलाई दैनिक सेवन गर्नुपर्ने औषधि सहयोग गरी परिवारसँगै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरिदिन लागेका छाँै, नगरपालिकाले पहिलोपटक अघि बढाएको यो कामका लागि खरिद गरिएको औषधि हरेक नागरिकलाई दामासाही हिसाबले वितरण गर्नेछाँै ।” सो काम गोदावरीका प्रत्येक वडामा बिहान ११ देखि दिउँसो साढे ३ बजेसम्म गरिने कार्कीले जानकारी गराउनुभयो ।

सो औषधि लिन हरेक नागरिकले आफूहरु ७० वर्ष उमेर पुगेको खुल्ने सरकारी परिचयपत्र अनिवार्य साथमा लिएर आउनुपर्ने नगरपालिकाले अनुरोध गरेको छ । गोदावरीले चालु आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नगरभित्र रहेका दीर्घरोगीका लागि निःशुल्क औषधि वितरणका साथै अत्यावश्यक तथा आवश्कीय स्वास्थ्य सामग्रीको समेत प्रबन्धको सुनिश्चितता गरिदिने योजना सार्वजनिक गरेको थियो ।

यसैगरी नगरपालिकाले बज्रवाराही चापागाउँ अस्पतालमा सो उमेर नाघेका नागरिकलाई बिनाशुल्क स्वास्थ्य सुविधामा निरन्तरता दिनाका साथै नगर क्षेत्रभित्रका मिर्गाैलाका बिरामीलाई डायलायसिस केन्द्र स्थापना गरी निःशुल्क सोको व्यवस्था तथा सामाजिक सुरक्षा भत्ता पाउने नागरिक तथा गर्भवती र सुत्केरीलाई हरेक वडाबाट तीन–तीन महिनाका लागि मल्टीविटामिनका साथै क्यालसियमसमेत सहयोग गर्ने कुरा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा बताइएको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता