एनोकको साधारण सभामा सहभागि हुन एनओसीका अध्यक्ष र महासचिव ग्रिस तर्फ

एनोकको साधारण सभामा सहभागि हुन एनओसीका अध्यक्ष र महासचिव ग्रिस तर्फ

मेट्रो संवाददाता

९ कार्तिक २०७८ ०:४५

ओलम्पिक संघहरुको छाता संस्था ‘एशोसियसन अफ नेसनल ओलम्पिक कमिटी’ (एनोक)को साधारण सभामा सहभागि हुन नेपाल ओलम्पिक कमिटी (एनओसी) दुई सदस्यिय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

ग्रिसको क्रेटमा आयोजना हुने एनोकको २५ औं साधारण सभामा सहभागि हुन एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभा सदस्य जिवनराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएकाे छ।

एनोकको साधारण सभा यहि अक्टोबर २४ र २५ तारिख आयोजना हुने भएको छ । प्रस्थान गर्नुअघि एनओसीका महासचिव श्रेष्ठले एनोकको साधारण सभामा ओलम्पिकका केही महत्वपूर्ण व्यक्तित्वहरु संग भेटघाट र छलफल हुने बताए ।

एनओसीका अध्यक्ष र महासचिव श्रेष्ठ द्वय २६ अक्टोबरमा स्वदेश फर्किने कार्यक्रम रहेको महासचिव श्रेष्ठले जानकारी दिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता