एनओसीका अध्यक्ष श्रेष्ठद्वारा दुबईमा हुने एसिया प्यासिफिक च्याम्पियनसिपका लागि सुवास र युवराजलाई विदाई

एनओसीका अध्यक्ष श्रेष्ठद्वारा दुबईमा हुने एसिया प्यासिफिक च्याम्पियनसिपका लागि सुवास र युवराजलाई विदाई

मेट्रो संवाददाता

१३ कार्तिक २०७८ १९:३६

संघिय सांसद एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले एसिया प्यासिफिक गल्फ प्रतियाेगितामा भाग लिने खेलाडीलाई शनिबार विदाई गर्नुभएकाे छ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेलले दुवईमा आयोजना हुने एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिने भएका छन् ।

एसिया प्यासिफिक गल्फ महासंको निमन्त्रणमा सुवास र युवराज त्यसतर्फ जान लागेको हुन् । कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने च्याम्पियनसिपमा भाग लिन उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल गल्फ संघले जनाएको छ । कात्तिक १५ र १६ मा अभ्यास गरेपछि उनीहरुले प्रतियोगितामा भाग लिनेछन् ।

सन् २०१० देखि नै नेपाली खेलाडीले एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिदै आइरहेका छन् । गतवर्ष भने कोभिडका कारण च्याम्पियनसिप हुन नसकेको बताइएको छ । सुबासले १३ औं सागमा दाहोरो स्वर्ण पदक जितेका थिए । उनी एमेच्योरतर्फको विश्व वरियतामा ३ सय एकौं स्थानमा छन् । युवराज भने ३ हजार ८ सय ५८ औं स्थानमा रहेका छन् ।

संघले शनिबार उनीहरुलाई विदाई गरेको छ । संघिय सांसद समेत रहेका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष तासी घले र गल्फको राष्ट्रिय टोलीको प्रायोजक केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले खेलाडीलाई विदाई गर्नुभयाे ।

एनओसी अध्यक्ष श्रेष्ठले १३ औं सागमा गल्फले स्वर्ण पदक जित्दै नेपाली खेलकुदमा नयाँ अध्यायको सुरुवात गरेको स्मरण गर्नुभयाे । उहाँले विगतमा नेपालले मार्सल आर्टस्मा बढी सफलता प्राप्त गर्ने गरे प्रसंग कोट्याउँदै अन्य खेलको विकासका लागि पनि नीति निर्माताहरुले ध्यान दिनुपर्नेमा जोड दिनुभयाे।

एनओसी अध्यक्ष श्रेष्ठले अर्को प्रसंगमा अर्को वर्ष आयोजना हुने एसियाली खेलकुदको तयारीका लागि चाँडै सरकारसँग छलफल गर्ने बताउनुभयाे । उहाँले भने,‘ कुन कुन खेललाई प्राथमिकतामा राख्नेलगायतका विषयमा हामी युवा तथा खेलकुद मन्त्रीसँग छलफल गर्नेछौं । सहभागिता मात्र होइन सफलता प्राप्त गर्ने हिसाबले तयारी गरेर जानुपर्ने आवश्यकता छ । कार्यक्रममा केल्मी नेपालका निर्देशक न्यौपानेले खेलाडीहरुलाई केल्मीकोतर्फबाट पोशाकलगायतका सामाग्री हस्तान्तरण गर्नुभएकाे थिए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता