मेट्रो संवाददाता
१६ कार्तिक २०७८ २३:३५
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान र आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पताल कीर्तिपुरले आरोग्य सप्ताह –२०२१ शुरु गरेको छ ।
धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०७८ को उपलक्ष्यमा सो सप्ताह शुरु गरेको हो । आरोग्य सप्ताहको कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काले उद्घाटन गर्नुभएको थियो । यही कार्तिक १० गते भएको आरोग्य सप्ताह – २०२१ उद्घाटन पश्चात क्याम्पस परिसरमा सरसफाइ तथा वृक्षारोपण गरेको थियो ।
आयुर्वेद क्याम्पसका प्रमुख सह–प्राध्यापक डा. शिवमंगल प्रसादको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि आयुर्वेद चिकित्सा परिषद् नेपालका अध्यक्ष डा.सन्तोष कुमार ठाकुर उपस्थित हुनुभएको थियो ।
आरोग्य सप्ताहको क्रममा कार्तिक १२ गते शुक्रबार निःशुल्क स्वास्थ्य शिविर अन्तर्गत मधुमेह परिक्षण एवम् रक्तदान कार्यक्रम शिक्षण अस्पताल परिसरमा भएको थियो भने कार्तिक १४ गते आइतबार अन्तर्राष्ट्रिय वेविनार र कार्तिक १५ गते सोमबार राष्ट्रिय स्तरको पोष्टर प्रतियोगिताको आयोजना गरिएको थियो ।
कार्तिक १६ गते धन्वन्तरी पुजा गरी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त वास्कोटाको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन गरिने जानकारी दिइएको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


