कीर्तिपुर नगरपालिकाद्वारा नेपाल संवत्‌काे  क्यालेण्डर प्रकाशित

कीर्तिपुर नगरपालिकाद्वारा नेपाल संवत्‌काे क्यालेण्डर प्रकाशित

मेट्रो संवाददाता

२३ कार्तिक २०७८ ११:४६

कीर्तिपुर नगरपालिकाद्वारा प्रकाशित भित्तेपात्राे विमाेचन गरिएकाे छ । नेपाल संवत् ११४२काे न्हूदँया भिंतुना र्‍यालीकाे क्रममा यसवर्षकाे भित्तेपात्राे विमाेचन गरिएकाे हाे ।

नेपालको मौलिक संवत् नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन कीर्तिपुरका विभिन्न संघसंस्थाहरूले तीन दशकभन्दा अघिदेखि विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको थियो । विश्व माहामारीका रूपमा फैलिरहेकाे काेराेना भाइरसले आम नागरिकलाइ त्रसित बनाइरहेकाे बेला कीर्तिपुर नगरपालिकाले विशेष सावधानिका साथ नेपाल संवत्को भित्ते पात्रो (क्यालेण्डर) प्रकाशन गर्न सफल भएकाे छ ।

११४२ सालकाे तिथि, मिति, दिसव, पर्व इत्यादीलाइ प्रस्टरूपमा उल्लेख गरिएकाे भित्ते पात्राेकाे विमाेचन नगर प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं. ६ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन, वडा नं. ६ का सदस्य सुनिल डंगोल, प्रगतिशील युवा समूहका अध्यक्ष केशव महर्जनले सामुहिक रूपमा गर्नुभएकाे थियाे ।

नेपाल सरकारले केन्द्रीय स्तरमै प्रकाशित गर्नु पर्ने आवाज उठिरहेको बेलामा कीर्तिपुर नगरपालिकाले स्थानीय सरकारको दायित्व महसुस गर्दै यस वर्ष देखि नेपाल संवत्को नयाँ भित्ते पात्रो (क्यालेण्डर) प्रकाशन गरेको नगर प्रमुख महर्जनले बताउनु भयाे । साथै यस प्रकाशनले नेपाल संवत्‌लाई स्थानीय सरकारले राष्ट्रिय मान्यता दिएको प्रमुख महर्जनले बताउनुभयाे ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता