मेट्रो संवाददाता
२३ कार्तिक २०७८ १२:५०

कीर्तिपुर नगरपालिका वडा नंं ५, विष्ट गाउँका कृषकहरूलाई कृषि सामग्री सहयोग स्वरुप हस्तान्तरण गरेको छ ।
यही कार्तिक १७ गते एक कार्यक्रमका बिच कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उप–प्रमुख सरस्वती खड्का, वडा नं. ५ का अध्यक्ष राजेन्द्रकुमार महर्जन, वडा नं. ५ का सदस्य विक्रम महर्जनले उक्त कृषि सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
हस्तान्तरण गरेको सामग्रीहरूमा डिजिटल तराजु ६ वटा, स्प्रे पम्प ५ वटा, पानी तान्ने पम्प २ वटा, प्लाष्टिक टनेल १६ वटा र हजारी ५ वटा रहेका थिए ।
नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग र कीर्तिपुर नगरपालिकाको आयोजनामा सञ्चालित गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आ.व. २०७७/०७८ को कार्यक्रम अन्तर्गत यस कीर्तिपुर नगरपालिका वडा नं. ५ मा रहेको हातेमालो कृषि समूहलाई सो समूहका अध्यक्ष सिताराम थापालाई उक्त सामग्रीहरू सहयोग स्वरुप हस्तान्तरण गरेको हो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


