नियो क्लासिकल शैलीकाे महर्जन कम्प्लेक्स सञ्चालनमा, सर्वत्र प्रशंसा

नियो क्लासिकल शैलीकाे महर्जन कम्प्लेक्स सञ्चालनमा, सर्वत्र प्रशंसा

मेट्रो संवाददाता

१५ मंसिर २०७८ ९:०३

महर्जन बिजनेस एसोसिएट प्रा.लि.ले राजधानीको न्युरोडको जुद्ध शालिक अगाडि रहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा ल्याएको छ ।

दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना ढिलो भएको थियो ।

महर्जन बिजनेस एसोसिएट प्रा.लि.का अध्यक्ष कृष्णलाल महर्जनले राजधानीको व्यस्त व्यापारिक तथा ऐतिहासिक क्षेत्रमा आफ्नै निजी घर र कोठामा व्यापार गर्ने सबै व्यापारीको चाहना हुने भएकाले सोही अनुसार व्यापारीलाई क्षमता र बजेट अनुसार भवन भित्रका कोठा खरिद गर्न आग्रह गर्नुभयाे।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेको कम्प्लेक्समा कतिपय व्यवसायीले स्पेस किनेर र कतिपयले भाडामा लिएर व्यवसाय सुरु गरिसकेको तथा सुरु गर्ने तयारी गरिरहेको उहाँले जानकारी दिनुभयाे । व्यवसाय सञ्चालनको हिसाबले उक्त कम्प्लेक्स सहरकै सबैभन्दा अब्बल ठाउँमा रहेको उहाँले बताउनुभयाे ।

 ‘यसले देशकै मुटु राजधानी, राजधानीको पनि मुटु न्युरोडमा आफ्नो प्रोपर्टी होस् भन्ने चाहना राख्नेहरुको इच्छा पूरा गर्छ,’ महर्जनले भने, ‘विदेशमा रहेका कतिपय नेपालीले त्यही चाहना पूरा गर्न यो कम्प्लेक्समा स्पेस खरिद गर्नुभएको छ ।’

कम्प्लेक्समा पाँच दर्जन कबल छन् । महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । भित्र अत्याधुनिक एस्कालेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । उहाँकाअनुसार कम्प्लेक्सभित्र कहिले चमेली, कहिले पारिजात, कहिले गुलाफ जस्ता सुगन्धित फूलको बास्ना मगमगाउँछन् । कम्प्लेक्सको बीच भागमा प्रशस्त खुला ठाउँ छाडिएको छ । चारैतिर भवनले घेरिएको बीच भाग खालि देख्दा काठमाडौंको परम्परागत बस्तीमा पुगेजस्तै अनुभूति हुन्छ । कम्प्लेक्स सम्पदामैत्री शैलीको छ ।

तत्कालीन क्रिस्टल होटल भवन २०७२ सालमा कम्पनीले खरीद गरी महर्जन कम्प्लेक्स भवनको निर्माण शुरु गरेको थियो । नेपालको पहिलो नियो क्लासिकल दावी गरिएको व्यापारिक भवनकाे स्वरूपलाई युनेस्कोलेसमेत बसन्तपुरको गद्दी वैठकसँग मिल्दोजुल्दो बताएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता