आर्थिक बिट हेर्ने पत्रकारसँग अन्तक्रिया

आर्थिक बिट हेर्ने पत्रकारसँग अन्तक्रिया

मेट्रो संवाददाता

२७ माघ २०७६ १४:४७

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयोजनमा माघ २७ गते अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा वरिष्ठ पत्रकार गोपाल बुढाथोकीले मिडियामा मालिक हस्तक्षेप बढ्दै गएको, सम्पादकीय स्वतन्त्रतामाथि प्रहार हुन थालेको भन्दै वाइड बडी, सेनाको जहाज खरिद प्रकरणजस्ता ठूला ठूला इस्यू बाहिर आउन नसकेको उल्लेख गरे ।

अर्थविज्ञ डा. गोविन्दबहादुर थापाले पत्रकारले करियर बनाउने हो भने आग्रह/पूर्वाग्रहरहित समाचार सम्प्रेषण गर्नुपर्ने, संघ संस्थाले दिने व्यक्तिगत पुरस्कार ग्रहण गर्नुभन्दा संस्थागत उपयुक्त हुने उल्लेख गर्दै अर्थसम्बन्धी कार्यपत्र उक्त्त कार्यक्रममा प्रस्तुत गरेका थिए ।

सेजनका पूर्व अध्यक्ष गोकर्ण अवस्थीले काउन्सिलबाट जारी आचारसंहिताको आधारमा आर्थिक पत्रकार आचारसंहिता, २०७३ मा जारी गरिएको र पत्रकार व्यावसायिक, पेशागत, सभ्य, अध्ययनशील हुनुपर्ने धारणा राखे ।

सेजनका अध्यक्ष भीम गौतमले आर्थिक पत्रकार आचारसंहितालाई थप परिमार्जन गरिने, उजुरीको प्रकृति र आधारमा सदस्यता निलम्बनसमेत गरिएको, जो पत्रकारिता गर्दैन, स्वतः सदस्यता खारेज हुने प्रावधान रहेको भन्दै सेजनले आर्थिक पत्रकारिताबारे तालिम तथा अनुसन्धान गरिरहेको बताए ।

प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले समाचारमा असन्तुलित, समाचार र बिज्ञापन नछुट्टिने, कतिपय अनलाइनले कारण नखुलाई पोष्ट डिलिट गर्ने गरेको बताए।

पत्रकार नवराज चालिसेले संघ÷संस्थाले दिने पुरस्कार के गर्ने होला ? भोजभतेरमा गएर खान हुने कि नहुने, कर्पोरेटले न्युज सेन्सर गरिरहेको तर मात्रा कम वा बढी ! पत्रकारिताको मूल्यमान्यताबारे मालिक, सम्पादकबिच छलफल आवश्यक रहेको उल्लेख गरे ।

पत्रकार अनुज ढुङ्गेलले मार्केटिङमा जानेहरूले पत्रकारिता गर्न थालेकाले चुनौती थपिएको, यसप्रकारको कार्यक्रममा उत्पादक, कम्पनी साहुजीहरुलाई सहभागि गराउनुपर्ने, भ्रमणमा जानेले प्रायोजकबारे जानकारी गराउँदा पारदर्शीता हुने धारणा राखे ।

प्रेस काउन्सिल सदस्य चेतनाथ धमला, पत्रकार विज्ञान अधिकारी, कुबेर चालिसेले आर्थिक पत्रकारिताको प्रवृति, अवस्था र चुनौतीबारे धारणा राखेका थिए ।

रिपोर्ट/ तस्विर : महेन्द्रराज सिंह

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता