‘क्यानभासमा सत्यमोहन बा’ चित्रकला प्रदर्शनी

‘क्यानभासमा सत्यमोहन बा’ चित्रकला प्रदर्शनी

मेट्रो संवाददाता

२१ मंसिर २०७८ १०:००

योङ पिपासाको आयोजनामा सोमबार ‘क्यानभासमा सत्यमोहन बा’ चित्रकला प्रदर्शनी सुरु भएको छ । पाँच दिन चल्ने प्रदर्शनी सत्यमोहन जोशीकै घरमा आजदेखि सुरु भएको हो ।

योङ पिकासोले सत्यमोहनका ४० वटा मुहारका चित्र प्रदर्शनमा राखेको छ । कार्यक्रममा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल, कृष्णलाल महर्जन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकार, पाटन संग्राहलयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे लगायत अन्यको सहभागिता थियो ।

कार्यक्रममा आफ्ना भनाइ राख्नेक्रममा उर्जा जलश्रोत तथा सिंचाइ मन्त्री पम्फा भुषाल ।

क्यानभासमा आफूलाई देख्न पाउँदा खुशी भएको जोशीले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘यो जनताले मलाई माया गरेर गरेको कार्यक्रम हो, कुनै सरकारी प्रोजेक्ट हैन । सबै कलेकसन मायाको चिनो हो ।’

प्रदर्शनमा जोशीको युवा अवस्थादेखि आजसम्मको चित्र देख्न सकिन्छ । योङ पिकासोका निर्देशक अजय देशारका अनुसार क्यानभासमा सत्यमोहन जोशी’ नामक २ वर्ष अगाडि पाटन संग्रहालयमा चित्रकला प्रतिस्पर्धा भएको थियो ।

‘अधिकांश मानिसले शताब्दी पुरुषको महत्व बुझेका छैनन्,’ देशारले भन्नुभयो, ‘जोशी एकल जिउँदो इतिहास हुनुहुन्छ । यसरी चित्रकलामार्फत हामीले उहाँको महत्व दर्शाउने प्रयास गरेको हो ।’ चित्रकला प्रदर्शनी २५ गतेसम्मका लागि खुला भएकाे उहाँले जानकारी दिनुभयो ।

चित्रकला प्रतिस्पर्धा क्रममा ११ देखि ७० वर्ष सम्मका चित्रकारहरुले कोरेका चार सय मध्ये छानिएका ४० उत्कृष्ट चित्रकलालाई ५ दिने प्रदर्शनीका रूपमा राखिएका छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता