मेट्रो संवाददाता
२१ मंसिर २०७८ १४:४५

काठमाडौंको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट मंगलबार बिहान आकाश भैरवको मूर्ति चोरी भएको छ । हल्चोक आकाश भैरव गुठीका अध्यक्ष सागर पुतुवारले सोमवार राति मूर्ति चोरी भएको जानकारी दिए।
राति करिब १२ बजेको मूर्ति चोरी गरेको उनले बताए। प्रहरीले घटनाको छानबिन गरिरहेको छ।
करिब ३ सय वर्ष पुरानो भनिएको उक्त मूर्ति ४/५ वटा मोटरसाइकलमा आएको समूहले उठाएर लगेको मन्दिरका पुजारीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
पछिल्लो समय नेपालबाट चोरी भएका मूर्तिहरु विदेशका म्यूजियममा फेला पर्ने क्रम बढेको छ। हालै ओमबहालको न्हू छेँ बहा: मा रहेको अशोबया बुद्धको मूर्ति अमेरिकास्थित कलेक्सन अफ तिबेत हाउस युएसमा भेटिएको छ।
आफूलाई ज्यान मार्ने धम्की दिएर उक्त समूहले मूर्ति उठाएर लगेको पनि पुजारीले बयान दिएको प्रहरीले बताएको छ । मूर्ति चोरीबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
शनिवारमात्रै पाटनको पट्को टोलबाट ३७ वर्षअघि चोरी भएको लक्ष्मी नारायणको मूर्तिलाई पुनर्स्थापना गरिएको थियो। विदेशस्थित संग्राहलमा रहेका नेपालका मूर्तिहरु फर्काउन सरकारलाई अभियन्ताहरुले दबाब दिँदै आएका छन्।
पछिल्लो केही समयदेखि काठमाडौं उपत्यकामा देवदेवीको मूर्ति चोरी हुने क्रम बढेको छ। केही दिन अघि गोदावरीस्थित सिद्धेश्वर महादेव मन्दिरबाट श्रीनारायण र बसुन्धाराको मूर्ति चोरी भएको थियो। चोरी भएको बसुन्धाराको मूर्ति नजिकैको जंगलमा भेटिएको थियो। यस्तै, केही दिन अघि हरिसिद्धिबाट पनि मूर्ति चोरी भएको थियो।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


