नवनियुक्त सदस्य सचिव घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

नवनियुक्त सदस्य सचिव घिसिङलाई ओलम्पिक कमिटीमा स्वागत

मेट्रो संवाददाता

२० मंसिर २०७८ २२:३६

नेपाल ओलम्पिक कमिटीले सोमबार एक विशेष कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङको स्वागत गरेको छ ।

सातदोबाटो स्थित ओलम्पिक भवनमा भएको कार्यक्रममा कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सदस्य सचिवको कार्यकालको सफलताको कामना गर्नु हुँदै नेपाली खेलकुदका दुई सर्वोच्च निकाय कमिटी र परिषदबीच सहकार्य गर्नु पर्नेमा जोड दिनुभयो ।

सदस्य सचिव घिसिङले आफ्नो नियुक्तिसँगै राष्ट्रिय टिमको तयारी सुरु गर्ने निर्णय भइसकेको बताउनुभयो । कार्यक्रममा ओलम्पिक कमिटीका अन्य प्रमुख पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।

त्यसपछि कमिटी र परिषदबीच १९ औं एसियाली खेलकुदमा नेपालको सहभागितालाई लिएर प्रारम्भिक छलफल भएको थियो । प्रतियोगिता चीनको हाङचोउमा सेप्टेम्बर १० देखि २५ सम्म हुनेछ । छलफलमा कमिटीका तर्फबाट अध्यक्ष श्रेष्ठ र परिषदका तर्फबाट सदस्य सचिव घिसिङले सहभागिता जनाउनु भयो ।

छलफलमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्य पनि सहभागी हुनु भएका थिए । त्यस अवसरमा प्रतियोगितामा सहभागी हुने खेल र खेलाडीको संख्या पहिले निर्धारण गर्नेबारे छलफल भएको थियो ।

यस्तै नेपाल सहभागी हुनु पर्ने खेल, त्यसको सम्भावना तथा उच्च प्रदर्शनको आवश्यकतालाई लिएर विस्तृतमा छलफल भएको थियो । त्यस अवसरमा नेपाल सहभागी हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताबारे पनि छलफल भएको थियो । यस्तै छलफलमा परिषदका उच्च पदाधिकारीको पनि उपस्थिति थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता