मेट्रो संवाददाता
२७ माघ २०७६ ९:१९
नेपाल खड्गी सेवा समितिको माघ १० गते सम्पन्न भएको सातौं अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा भएको समितिको दुइदिने अधिवेशनको बन्द सत्रबाट सर्वसम्मतिले अञ्जिता खड्गीलाई अध्यक्ष पदमा निर्वाचित गरे ।
अञ्जिता खड्गी अध्यक्षमा निर्वाचित भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष प्रकाश खड्गी, उपाध्यक्ष दिलबहादुर खड्गी, गोविन्दबहादुर खड्गी र श्रवणकुमार नेवाः खड्गी, महासचिव राज शाही, उप–महासचिव राकेश खड्गी, कोषाध्यक्ष प्रदीप खड्गी निर्विरोध निर्वाचित भए भने सदस्यहरुमा तोरण शाही, मुकेश शाही, सविक शाही र सजित खड्गी चयन भएका छन् ।
दुइदिने अधिवेशनको उद्घाटन समारोह वसन्तपुरमा भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेका थिए । उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई विशेष सम्मान गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक खनाललाई दोसल्लाको साथमा सम्मानपत्र प्रदान गरि सम्मान गरेको उक्त कार्यक्रममा संस्थाका संरक्षक मनोज नेवाः खड्गीले लेखेको पत्रकार कृष्ण प्रजापतिले नेपालभाषामा अनुवाद गरेको ‘खड्गी समुदायमा मृत्यु संस्कार’ र ‘समुदाय प्रहरी साझेदारी’ नामक नेपालभाषामा अनुवादित पुस्तक विमोचन पनि भएको थियो । उक्त कार्यक्रममा अनुवादकर्ता प्रजापति मायाको चिनोसहित सम्मानित भए ।
उक्त कार्यक्रममा ६ जना नेवाः सञ्चारकर्मिहरु पनि सम्मानित भएका थिए । सम्मानित हुनेमा झीगु डटकमका रेखा शाक्य, नेपालमण्डल टेलिभिजनका सिल्भिया राजोपाध्याय, लहना डटकमका नृपेन्द्रलाल श्रेष्ठ, नेवाः टेलिभिजनका नवीन जोशी, लहना वाःपौका सुरेन्द्रभक्त श्रेष्ठ र रेडियो मिर्मिरेका बुद्धशरण शाहीलाई प्रखुम अतिथि शाक्यले सम्मान पत्र र विशेष अतिथि प्रहरी महानिरीक्षक खनालले फुलमाला लगाई सम्मान गरेका थिए ।
हालै भएको साग खेलमा पदक जित्न सफल भएका खेलाडी सनिल शाही र मनिता शाहीद्वय जनही दश–दश हजार नगदसहित सम्मानित भए ।
कार्यसमिति चयनको लागि आनन्दबहादुर शाही संयोजक र कपिलमान खड्गी सदस्यको निर्वाचन कमिटी गठन गरेका थिए । अधिवेशनमा २२ जिल्लाका ३०० जनाभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकहरु सहभागि भएको समितिले जानकारी दिए ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


