‘यःमरि’ उत्सव : स्थानीय पाठ्यक्रमले ल्याएकाे ए‍ेतिहासिक राैनक

‘यःमरि’ उत्सव : स्थानीय पाठ्यक्रमले ल्याएकाे ए‍ेतिहासिक राैनक

मेट्रो संवाददाता

६ पुष २०७८ ६:००

काठमाडाैं महानगरपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ पढाइ सुरू गरेदेखि आजकाल महानगरपालिका क्षेत्रभित्रका विद्यालयहरूमा ए‍ेतिहासिक राैनक देखिन थालेकाे छ ।

काठमाडाैं महानगरपालिक वडा नं. १३ बाफल, पुरानाे कालीमाटीस्थित ज्ञानाेदय माविमा शनिबार यःमरि पुन्हि मनाउने क्रममा सांगीतक प्रस्तुती र साँस्कृतिक प्रदर्शनीकाे अवलाेकन गरिसकेपछि काठमाडाैं महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले यस्ताे भन्रुभएकाे हाे । साथै उहाँले कुनै कुनाकाप्चा वा गल्लीभित्र फुल्ने फुलहरू अहिले हाम्रा विद्यालयमा फुल्ने अवसर स्थानीय पाठ्यक्रमकाे माध्यमबाट पाइरहेकाे बताउनुभयाे ।

‘यःमरि’ स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’मा कक्षा १ का विद्यार्थीहरूले पढ्नु पर्ने पाठ हाे । उपत्यकाका चाडपर्व-भेषभुषा, संस्कृति, संस्कार बुझाउन तयार पारिएकाे यस पाठ्यपुस्तकमा यःमरिकाे बारेमा कवितादेखि यःमरिकाे बारेमा जानकारी दिने पाठ्यक्रम तयार पारिएकाे छ ।

परम्परागत यःमरि माग्ने गीतपश्चात ज्ञानाेदय माविका प्रध्यानापक नातीकाजी महर्जन र स्थानीय पाठ्यक्रमका शिक्षण सहायकहरूले विद्यार्थीहरूलाई यःमरि प्रदान गर्नुहुँदै ।

यसरी विद्यालयहरूमा यःमरि पुन्हिकाे अवसरमा यःमरि बनाउने देखि यःमरि माग्ने परम्परागत सांस्कृतिकाे व्यवहारिक कक्षा सञ्चालन गरेकाले सम्पूर्ण विद्यार्थी एवं अभिभावकहरूसमेत उत्साहित भएका छन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता