मेट्रो संवाददाता
२५ पुष २०७८ ६:००

ललितपुर महानगरपालिका–१९ ठगुटोलमा अवस्थित प्राचीन अग्निशालामा तामाको छानो फेरिएको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज पाँच हजार वर्ष पुरानो अग्निशालामा जस्ताको छानो हटाएर तामा हालेपछि उद्घाटन गर्नुभयो ।
“काठमाडौँ उपत्यकाका साथै ललितपुरको एकमात्रै यस प्राचीन धरोहर विश्व सम्पदा क्षेत्रमा सूचीकृत हुन जरुरी छ ।” सो ऐतिहासिक धरोहरमा तामा हालिएसँगै थप पहिचान अघि बढ्ने महर्जनको बुझाइ छ ।
उपप्रमुख गीता सत्यालले सो अग्निशाला मुलुकको एकमात्रै पुरानो महत्वपूर्ण गहना रहेको बताउनुभयो । अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्माले अग्निशाला क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गर्न जस्ताको छानो रहँदा मान्यता नपाउने भएसँगै आफूहरूले केही महिना अघिमात्रै २४ गेज मोटाइ तामा हाल्ने काम सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “अग्निशालाको महत्व थप अघि बढाउन जरुरी छ ।”
समितिका पूर्वअध्यक्ष प्रमोद शर्माले वनस्पतिविज्ञमार्फत आफूले सुनेअनुसार सो सम्पदा क्षेत्रमा एक हजार ५०० वर्ष पुरानो वृक्ष रहेकाले सोको महत्व निकै अतुलनीय रहेको बताउनुभयो । कार्यक्रममा विसं १९९० को भूकम्पले सो अग्निशालाको छानो भत्काएपछि बेलायत सरकारबाट सहयोग प्राप्त जस्ताको छानो फेरिएको बताइएको थियो । कार्यक्रममा सो अग्निशालामा तामाको छानो छाउन लपु महानगरपालिकाले रु ४० लाख सहयोग गरेको बताइएको थियो ।
अग्निशालाभित्र विष्णु, रुद्र, ब्रम्ह, सभ्य, सूर्य र नाग गरी छ कुण्ड रहँदा पनि सो भने पाँच कुण्डको नामले मात्रै परिचित रहेको पाइन्छ । पुजारी रविश्याम शर्माका अनुसार मुलुकमा सलाइ बन्नु पहिलेदेखि नै विष्णु, रुद्र«, ब्रम्ह र सूर्य कुण्डमा आगो बल्ने गथ्र्याे । उहाँले भन्नुभयो, “यस कुण्डमा हरेक दिन राष्ट्र शान्तिका लागि अग्निहोम र सम्पूर्ण पितृ उद्धारका लागि ‘पितृयज्ञ’का रूपमा श्राद्ध पनि गर्ने गरिन्छ । प्राचीन समयमा १८ थरिका दाउरा बालिने यस अग्निशालामा हाल भने कीरा लागेका, ढुसी परेका, किला ठोकिएका, काँडा भएका बाहेक अन्य दाउरा बालिने गरिन्छ ।”
कार्यक्रममा उपस्थित व्यक्तिले सो अग्निशालामा काठ रगडेर निकालिएको काष्ठाग्नि, ढुङ्गा रगडेर निकालिएको पासाग्नि, सूर्यको प्रकाशबाट निकालिएको सूर्याग्नि, जलकुण्ड त्रिवेणीबाट निकालिएको जलाग्नि र अग्निहोत्री बज्यैको नाइटोबाट निकालिएको जठराग्नि नाम पाँच धुनी बल्ने गरेको जानकारी गराउनुभयो ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


