उच्च शिक्षा अध्ययन गर्न अभिमुखीकरण

उच्च शिक्षा अध्ययन गर्न अभिमुखीकरण

मेट्रो संवाददाता

२० पुष २०७८ १३:१०

उच्च शिक्षा अध्ययन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । कीर्तिपुर नगरपालिका वडा नं. ३ ले शनिबार वडामा १०ं२ जन अध्ययनरत विद्यार्थीहरूका लागि साे कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

होटल हिल साइडमा भएको सो कार्यक्रमको प्रमुख अतिथि कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभएको हो ।

अभिमुखीकरणमा नारायण महर्जन र नवरथ वानियाँले उच्च शिक्षा अध्ययन गर्न आवश्यक विषयको बारेमा जानकारी गराउनु भएका हो ।

सोही कार्यक्रममा हालै सम्पन्न कीर्तिपुर सिङ्गिङ आइडल प्रतियोगिता–११४२मा यस वडा नं.३ बाट सहभागी भई उत्कृष्ट दश स्थानमा पर्न सफल हुनु हुने नफिसा महर्जन, रसिक मालाकार र निकेश मानन्धरका साथै यसै वडाबाट सहभागी भई दोश्रो हुन सफल अतुल मानन्धरलाई सम्मान गरिएको थियो ।

त्यसैगरी यसै कार्यक्रममा कीर्तिपुर सिङ्गिङ आइडल–११४२ को फाइनल कार्यक्रममा संगीत साधक सम्मानबाट सम्मानित हुनु हुने यसै वडाका ज्ञानेश्वर “निभाः”लाई पनि वडाले गौरवान्वीत महसुस गरी सम्मान गरिएको थियो भने कीर्तिपुर सिङ्गिङ आइडल–११४२ कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न संयोजक भई सफलतापूर्वक जिम्मेवारी वहन गर्नुभएकोमा पनि वडा परिवार गौरवान्वीत भई संयोजक हरि शरण साय्मिलाई सम्मान गरिएको थियो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता