स्थानीय भाषाको जगेर्ना स्थानीय सरकारको दायित्व — मेयर शाक्य

स्थानीय भाषाको जगेर्ना स्थानीय सरकारको दायित्व — मेयर शाक्य

मेट्रो संवाददाता

२७ पुष २०७८ २१:१६

कीर्तिपुर । स्थानीय भाषा, लिपी र संस्कृतिको जगेर्ना स्थानीय सरकारको दायित्व भएको काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यको भनाइ छ । आज कीर्तिपुरको पाँगा लाछिमा आयोजना गरिएको १२ औँ नेवा एकता दिवसको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

त्यस अवसरमा मेयर शाक्य, कीर्तिपुर नगरका मेयर रमेश महर्जन र टोखा नगरका मेयर प्रकाश अधिकारीलाई सम्मान गरिएको थियो । नेवार समुदायको पहिचानलाई संरक्षण र प्रवर्धन तथा उत्थानमा योगदान पु¥याएकोले उहाँहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले मूर्त अमूर्त सम्पदा संरक्षण, भाषा, लिपी तथा मौलिकता जोगाउन उपत्यकामा भएका भएका क्षेत्रगत प्रयासहरुबाट समष्टिगत रुपमा ठूलो उपलब्धी हासिल भएको उल्लेख गर्नुभयो ।

प्रमुख शाक्यले गैर नेवाःहरूले नेवाःहरूलाइ लडाइ फाइदा लिइरहेकाे बताउँदै सवैभन्दा बढी सम्पदा संरक्षण गर्नुपर्छ भनेर काम कारवाही बढाइरहँदा सम्पदा विरोधी भनेर विभिन्न मुद्दा हालेर काममा बाधा हालेकाे उल्लेख गर्नुभयाे ।

‘काठमाडौँ महानगरले मठ मन्दिर, महाविहार, चैत्य, बहाल, ननी, क्वापाद्यः, ढुङ्गेधारा, गुठीघर निर्माण गर्न राज्यकातर्फबाट लगानी गरेको छ । जीवित देवी कुमारी, किला घः र मखनकी कुमारीलाई भत्ता उपलब्ध गराउँदै आएको छ’, मेयर शाक्यले भन्नुभयो, ‘बाजा संरक्षण र गुरुहरुलाई परम्परागत काम गर्नका लागि वार्षिक भत्ताको व्यवस्था गरेको छ । यसबाट परम्परा जोगाउन समुदाय स्तरमा प्रोत्साहन हुने हाम्रो विश्वाश हो ।’

‘रकम कति हो भन्दा पनि राज्यको उपस्थिति छ कि छैन भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । यसमा सबैको साथ छ । महानगरले जारी गरेको पाठ्यक्रम निर्माण तथा कार्यान्वयनमा नेवार समुदायसँगै गैर नेवार समुदाय र राजनीतिक तहबाट पनि सहयोग भएको छ । सबैको सहयोगले राखिएको जग बलियो बनाउनु सबैको जिम्मेवारी हो’, मेयर शाक्यले भन्नुभयो ।

कार्यक्रममा कीर्तिपुर नगरका प्रमुख महर्जनले मूर्त अमूर्त सम्पदा बचाउने कामलाई आफूले प्राथमिकता दिएको उल्लेख गर्नुभयो । समुदाय र सरोकारवालाको सहयोगबाट सम्पदा बचाउन अघि सारिएका धेरै कामहरु सफल भएकाे उहाँले बताउनुभयाे ।

उपत्यका नेवार समुदायको भाषा, लिपी, कला, शिल्पी र साहित्यले धनी छ । यसलाई जोगाउनु हरेक नगर प्रमुखको जिम्मेवारी हो । टोखा नगरका मेयर अधिकारीले भन्नुभयो, ‘मौलिकताका सवालमा फराकिलो सोच राख्नुपर्छ । हामीले नेवारीपन जोगाउन धेरै काम गरेका छौँ ।’

स्थानीय सरकारका कार्यक्रमले जातीय उत्थानका क्षेत्रमा योगदान पुगेको छ । कार्यक्रममा नेवाः देय् दवूका अध्यक्ष नरेशकुमार ताम्राकारले स्थानीय सरकारका कार्यक्रमले समुदाय स्तरमा सकारात्मक प्रभाव देखिएको उल्लेख गर्नुभयो ।

गएको बर्ष ललितपुरकाे आदिभूमि खाेकनामा कार्यक्रम गरिएको थियो । आगामी बर्ष चन्द्रागिरी नगरमा हुनेछ ।

थप तस्बिरहरूकाे लागि :-

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता