थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि

थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि

मेट्रो संवाददाता

२८ पुष २०७८ ६:११

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ४४४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो । १० हजार ६४८ ले पीसीआर र चार हजार ३८५ ले एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा ३१३ कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ७९८ पुगेको छ । नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ३५ हजार ९२७ र एन्टीजेन विधिबाट परीक्षण गरिँदा ९७ हजार ९६७ सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ४८ हजार २३७ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ६५ हजार २२८ पुगेको छ ।

कोभिडविरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा एक लाख ८० हजार ४५७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ५२२ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०७ पुगेको छ ।

हाल भेन्टिलेटरमा रहनेको सङ्ख्या जम्मा १९ र आइसियुमा ९३ जना रहेका छन् । होम आइसोलेसनमा आठ हजार ८६७, संस्थागत आइसोलेसनमा ६५५ र क्वारेन्टिनमा ११३ रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, कास्की, बाँके र कैलाली छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मुस्ताङ र मुगु रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा तीन हजार ५२१, ललितपुर एक हजार ९० र भक्तपुरमा ६९९ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता